प्रमिलाको ‘ब्युटी विथ नेचर’
विभिन्न चराचुरुङ्गीका सुन्दर आकृति क्यान्भासमा उतार्ने प्रमिला राजकर्णिकार यथार्थवादी धारलाई पछ्याउने कलाकार हुन् । उनका सुन्दर कलाकृति प्रकृति र स्वतन्त्रतामा बढी केन्द्रित रहन्छन् ।
विश्वमा अझ धेरै महिला सांसदको आवश्यकता भएको राष्ट्र संघका महासचिव एन्टोनियो गुथ्रेसले बताएका छन् । विश्व संसद्वादको सन्दर्भमा दिएको सन्देशमा उनले संसद्मा महिलाहरूको उपस्थिति बलियो हुँदा मात्र उनीहरूको अवस्था परिवर्तन हुने बताए ।
गुथ्रेसले आफ्नो सन्देशमा भनेका छन्–‘अझै पनि विश्वका संसद्हरूमा पुरुष सांसदकै बाहुल्यता छ, ती स्थानमा अब बढीभन्दा बढी महिला सांसद हुन जरुरी छ । यसबाट मात्र विश्वमा महिलाको वर्तमान अवस्थामा सकारात्मक परिवर्तन आउनेछ ।
राजनीतिमा महिला सहभागिता बढेको भन्दै उनले संख्यात्मक रूपमा हेर्दा यसको अवस्था सन्तोषजनक भए पनि संसद्मा महिलाको सहभागिता भने बढाउन नसकिएको उल्लेख गरेका छन् ।