नेपालको हस्पिटालिटी विश्वमै प्रख्यात
हामी नेपालीको स्वभाव हँसमुख छ । हामी मिजासिला छौं । हामीकहाँ प्राकृतिक सुन्दरता उत्तिकै छ । हाम्रो कला–संस्कृति, संस्कार, पर्व र प्राकृतिक सुन्दरतालाई संसारभर चिनाउनुपर्छ ।
जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा संचालन भएको मि. एण्ड मिस एसईइ आइकन २०१९ को उपाधिमा विनम्र रत्न तुलाधार र प्रशंसा धितालले बाजी मार्न सफल भएका छन् ।
विनम्र वेष्ट वाक विधामा पनि विजयी बने भने प्रशंसाले फ्रेन्डली विधाको अवार्ड पनि जितिन् ।
प्रतियोगितामा आकर्षण न्यौपाने र साक्षी श्रेष्ठ फस्ट रनर अप तथा प्रमल तिवारी र मन्जिला पाण्डे सेकेन्ड रनर अप चयन भएका थिए ।
प्रतियोगिता एएनपी मिडिया हाउस प्रा.लि.को ब्यानरमा सम्पन्न भएको थियो ।