गायक भेग पहरीको नयाँ गीत लभको चक्कर सार्वजनिक भएको छ । उदयपुरका स्थानिय गायक पहरीको लोक आधुनिक गीत लभको चक्कर सार्वजनिक भएको हो ।
१ दशकदेखि नेपाली गीतरसंगीतमा सक्रिय पहरीको सार्वजनिक गीतमा हिमाल राज पहरीको शब्द तथा नरहरि प्रेमीको संगीत रहेको छ ।
गायक पहरीको यस अघि पनि ‘सिमसिम पानी’बोलको गीत सार्वजनिक भएको थियो । उक्त गीतले निक्कै चर्चा पाएको थियो ।
पछिल्लो पटक सार्वजनिक भएको लभको चक्कर बोलको गीतको म्यूजिक भिडियो काभ्रे पलाञ्चोक जिल्लाको बतासे डांडामा छायांकन गरिएको छ । म्युजिक भिडियोमा बिक्रम क्षेत्री, गायक बेग पहरी, सजना कुर्व, अनुजा मल्लले अभिनय गरेका छन् ।
केशव अधिकारीको छायांकन रहेको उक्त गीतको भिडियोमा सुनिल मोक्तानको नृत्य र प्रेम शर्मा पौडेलको सम्पादन रहेको छ ।
माया, प्रेम र स्नेहबिना खुसी हुने व्यक्ति यो संसारमा बिरलै भेटिएलान् । भनिन्छ–प्रेमबिनाको जीवन अधूरो हुन्छ । त्यो प्रेम चाहे आमा–बुवाको, भाइ–बहिनीको, मित्र वा प्रेमी–प्रेमिकाको नै किन नहोस् ? प्रेमलाई जीवन्त बनाई राख्न प्रकृतिको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहेको पाइन्छ ।