‘शिल्पाञ्जलि’ प्रदर्शन
काठमाडौंस्थित नेपाल आर्ट काउन्सिलमा हालै सपना खरेलको ‘शिल्पाञ्जलि’ कला प्रदर्शनी भयो । प्रदर्शनीमा उनले जापानी शैलीअनुसार पुष्प सजावट गर्ने कला प्रस्तुत गरिन् । प्रदर्शनीमा‘ओसिबाना’ र ‘चिगिरी–ई’ अन्तर्गतका कला राखिएको थियो ।

गायक भेग पहरीको नयाँ गीत लभको चक्कर सार्वजनिक भएको छ । उदयपुरका स्थानिय गायक पहरीको लोक आधुनिक गीत लभको चक्कर सार्वजनिक भएको हो ।
१ दशकदेखि नेपाली गीतरसंगीतमा सक्रिय पहरीको सार्वजनिक गीतमा हिमाल राज पहरीको शब्द तथा नरहरि प्रेमीको संगीत रहेको छ ।
गायक पहरीको यस अघि पनि ‘सिमसिम पानी’बोलको गीत सार्वजनिक भएको थियो । उक्त गीतले निक्कै चर्चा पाएको थियो ।
पछिल्लो पटक सार्वजनिक भएको लभको चक्कर बोलको गीतको म्यूजिक भिडियो काभ्रे पलाञ्चोक जिल्लाको बतासे डांडामा छायांकन गरिएको छ । म्युजिक भिडियोमा बिक्रम क्षेत्री, गायक बेग पहरी, सजना कुर्व, अनुजा मल्लले अभिनय गरेका छन् ।
केशव अधिकारीको छायांकन रहेको उक्त गीतको भिडियोमा सुनिल मोक्तानको नृत्य र प्रेम शर्मा पौडेलको सम्पादन रहेको छ ।
गीतको भिडियो :