‘नेपालीहरूमा खानपानको शैली बदलिएको छ’
पछिल्लो समय इन्टरनेसनल एक्सपोजर र व्यस्तताले नेपालीहरूको खानपान शैली र सोच बदलिएको छ । बाहिर गएर खाने, ह्याङआउट गर्ने, नयाँ–नयाँ स्वादका फुड टेस्टिङ गर्ने ट्रेन्ड बढेको छ ।
ललितपुरको जावलाखेलस्थित खेल मैदानमा १३ औं ‘ग्रान्ड डग सो’ आयोजना भएको थियो । हरेक वर्ष आयोजना हुने यस सोमा विभिन्न जातका कुकुरको प्रदर्शनी गरिएको थियो ।

सोमा २ सय ७५ वटा कुकुरले भाग लिएका थिए । उनीहरूको हिँडाइ, दाँत, सरसफाइलगायत मापदण्ड बनाएर निर्णय गरिएको थियो । यी सबैबारे जानकार भएका विशेषज्ञ कोमल धाना निर्णायक भूमिका थिए । उनी भारतबाट आएको आयोजकले जनाएको छ ।

के नाइन क्लब, बुलेट डड ब्रीड र पोजेटिभ पेट सोलुसनले संयुक्तरूपमा कुकुर प्रदर्शनी आयोजना गरेका थिए । कार्यक्रमबाट उठेकोमध्ये केही निश्चित रकम सामुदायिक कुकुर संरक्षणमा खर्चिने आयोजकले बताए । प्रतिस्पर्धामा रोटवेलर जातको कुकुर प्रथम, जर्मन सेफर्ड दोस्रो र गोल्डेन रिट्रिभर तेस्रो भएको थियो ।

त्यसबाहेक हरेक जातबीचका कुकुरहरूको छुट्टै प्रतिस्पर्धा भएको थियो । विजयी कुकुरहरूलाई कप, मेडल, प्रमाणपत्र, मीठा खानेकुरा प्रदान गरिएको थियो ।
