आदर्श प्रेमको नमुना जोडी
प्रेम र विवाहका भिन्नताबारे दुवैले एकसाथ भने, ‘प्रेम सम्मानित र आदर्श छ, प्रेम हुँदैमा विवाह हुनैपर्छ भन्ने छैन । प्रेम आदर्श हो भने विवाह संस्कारगत संस्था ।
पोखरामा आयोजित चौथो संस्करणको मिस मगर नेपाल–२०१९ को उपाधि पर्वतकी सनम गर्बुजामगरले हात पारेकी छिन् । फाइनलमा पुगेका ९ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै सनमले बेस्ट लिडरसिपको एवार्डसमेत जितेकी थिइन् ।
एस.टी. क्रिएसनको आयोजना तथा हिमाअस एजुकेसन कन्सल्टेन्सीको प्रस्तुतिमा सञ्चालित उक्त प्रतियोगितामा बागलुङकी सोनी पुनमगर फस्ट रनर्सअप घोषित भइन् । उनले बेस्ट स्माइल र बेस्ट फोटो जेनिक गरी दुई टाइटल एवार्डसमेत प्राप्त गरिन् भने सेकेन्ड रनर्सअप बागलुङकै सानिया पुनमगर भइन् ।
उनले बेस्ट पर्सनालिटी र वेष्ट वाक गरी दुई टाइटल एवार्ड हात पारिन् । मिस मगर नेपालको भ्यूअर्स च्वाइस एवार्ड भने पर्वतकी उषा अर्मजामगरले जितिन् । उषाले मोष्ट डिसिप्लिनको अर्को टाइटल एवार्डसमेत जितेकी थिइन् ।