Successfully Copied

लिटिल प्रिन्स एन्ड प्रिन्सेज नेपाल सम्पन्न

जमलस्थित राष्ट्रिय नाचघरमा  रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीबाट आयोजित नवौं प्रिन्स एण्ड प्रिन्सेस् नेपाल सम्पन्न भएको छ ।  ५७ जना प्रतिस्पर्धीहरु रहेको सो प्रतियोगितामा लिटिल प्रिन्सेस् तर्फको उपाधी आद्या कार्कीले जितेकी छिन् ।

जमलस्थित राष्ट्रिय नाचघरमा  रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीबाट आयोजित नवौं प्रिन्स एण्ड प्रिन्सेस् नेपाल सम्पन्न भएको छ ।  

५७ जना प्रतिस्पर्धीहरु रहेको सो प्रतियोगितामा लिटिल प्रिन्सेस् तर्फको उपाधी आद्या कार्कीले जितेकी छिन् । लिटिल प्रिन्सेज समूहमा फस्ट रनर अप जेसिका राई तथा सेकेन्ड रनर अप गीत पाछाई छनौट भए । 

त्यसैगरी लिटिल प्रिन्सतर्फ विशान कटवाल विजेता बने । लिटिल प्रिन्सतर्फ फस्ट रनर अप सम्पन्न दाहाल र सेकेन्ड रनर अप दिक्षान्त भण्डारी चयन भए । 

मिनि प्रिन्सेज समूहमा बिरङ्गना अर्याल विजेता, फस्ट रनर अप विदुसी शाही र सेकेन्ड रनर अप प्राप्ति राजभण्डारी भइन् । प्रतियोगितामा राज फैंजुको कोरियोग्राफी रहेको थियो । 

 

 Image