राजदूत लोरेन्जोले उद्घाटन गरिन् ‘कलाशाला’
युरोपियन युनियन(ईयु)का राजदूत भेरोनिक लोरेन्जोको उपस्थितिमा अन्तर्राष्ट्रिय ‘कलाशाला’ कार्यशाला शुरु भएको छ ।

१४ औं संस्करणको ‘एनटिसी मिस नेवाः–११३९’ को प्रशिक्षण प्रारम्भ भएको छ । प्रशिक्षणको पहिलो दिन प्रतियोगिताका सहभागिहरुले लाखबत्ती बालेका छन् ।
नेप्लीज फेसन होमले आयोजना गर्न लागेको नेवार समुदायका युवतीहरुको सौन्दर्य तथा प्रतिभा प्रदर्शन गर्ने प्रतियोगिता ‘एनटिसी मिस नेवाः ११३९’ का प्रतिस्पर्धिहरु लाखबत्ती बाल्दै प्रशिक्षणमा सहभागि भएका हुन् ।
ललितपुरको महालक्ष्मीस्थान मन्दिरमा प्रतियोगिताका प्रतिस्पर्धिहरुले पूजाआजापछि सामुहिक रुपमा लाखबत्ती बालेका हुन् । प्रतियोगितामा काठमाडौं, ललितपुर, भक्तपुर, दोलखा, सिन्धुपाल्चोक आदि जिल्लाका २० युवतीहरुले सहभागिता जनाएका छन् ।
नेवार समुदायका युवतीहरुको व्यक्तित्व विकासको साथै नेवारी संस्कारको महत्वको बारेमा ज्ञान दिन आयोजना गर्न लागिएको यो प्रतियोगिताका प्रतियोगिहरु शनिवारदेखि तीन साता लामो प्रशिक्षणमा सक्रिय भएका छन् । यो प्रतियोगिताले अहिलेको पुस्ताका प्रतिस्पर्धिहरुलाई नेवार भाषादेखि संस्कृति सिकाउन ठुलो मद्दत पुर्याउने आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरले बताएकी छिन् ।
छनोट भएका प्रतिस्पधीहरूको मनोविज्ञानको विकास गर्नका लागि राजधानी बाहिर केही जिल्लाको स्थलगत भ्रमण, नेवारहरूको जातीय पहिचान, संस्कृति र परम्पराको जगेर्ना तथा भाषा उत्थानलगायत विभिन्न विषयमा प्रशिक्षण दिइरहेको छ । प्रशिक्षणकै क्रममा प्रतिस्पर्धिहरुले नेवारी खाना बनाउने छन् भने आ–आफ्नो प्रतिभा प्रस्तुत गर्न ट्यालेन्ट शोमा पनि सहभागि हुने छन् ।
रोजिन शाक्यद्वारा कोरियोग्राफी गरिने यो प्रतियोगिताको ग्राण्ड फिनाले जेठ ३२ शनिवार कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुनेछ । प्रतियोगिहरुलाई पूर्व मिस नेवाःसुनिता ढंगोलले नेवारी भाषा प्रशिक्षण दिने छिन् ।