विषाक्त खाद्यले घरपालुवालाई समस्या
चकलेटमा ‘थियोब्रामाइन’ नामक पदार्थ हुन्छ, जुन कुकुरले मानिसले जस्तै सजिलै मेटोबोलाइज गर्न सक्दैनन् । यसले कुकुरको मुटु, रक्तनली, फोक्सो र केन्द्रीय प्रणालीलाई नै असर गर्छ र छारे रोगको जस्तो लक्षण देखाउँछ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालकी मिर्गौला रोग विशेषज्ञ डा. दिव्यासिंह शाह विश्व मिर्गौला संगठनको दक्षिण एसिया उपाध्यक्षमा निर्वाचित भएकी छिन् ।
संगठनको विशेष कमिटीले दक्षिण एसियाका तीन जना सदस्यलाई निर्वाचनका लागि मनोनयन गरेको थियो । डा. शाह बंगलादेश र पाकिस्तानका प्रतिद्वन्द्वीलाई पराजित गर्दै उपाध्यक्ष पदमा निर्वाचित भएकी हुन् ।
त्यसका लागि गत मार्च १ देखि ३० तारिखसम्म संगठनका सदस्यहरूले अनलाइनमार्फत मतदान गरेका थिए । अप्रिल ११ देखि २५ सम्म अस्ट्रेलियाको मेलवर्नमा भएको वर्ल्ड कंग्रेस अफ नेफ्रोलोजीमा मतदानको परिणाम घोषणा गरिएको जानकारी डा. शाहले दिइन् ।