सूर्यबहादुर थापाको आत्मकथा आवरण सार्वजनिक
काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आत्मकथा आवरण ‘मेरा नौ दशक : पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री’सार्वजनिक गरिएको छ ।

सरस्वती प्रतीक्षा
साहित्यकार
मेरो प्रेरणा : आफ्नै भोगाइ ।
मेरो आशा : पठन संस्कृतियुक्त समाज ।
मेरो करियर : अप्ठ्यारो तर रोमाञ्चक ।
मेरो कर्म : मेरो प्यासन ।
मेरो समर्पण : छोराप्रति ।
मेरो प्रेम : पुस्तक ।
मेरो इच्छा : आफैलाई ईर्ष्या लाग्ने कृति जन्माउनु ।
मेरो आदर्श : माया एन्जेलो ।
मेरो बलियो पक्ष : जुझारु स्वभाव ।
मेरो आकांक्षा : समृद्ध र शान्त नेपाल ।
मेरो विश्वास : मुखुन्डो नलगाई बाँच्नु पो बाँच्नु ।
मेरो कमजोरी : अत्यधिक संवेदनशील ।
मेरो दृढता : जोखिम मोलेर काम गर्नु ।
मेरो सोच : अराजक ।
मेरी आमा : निःसर्त मायाकी स्वरूप ।
मेरो परिवार : मेरो शक्ति ।
मेरो भरोसा : आफैमाथि ।
मेरो सन्तान : मेरो खुसी ।
मेरो जीवन : म लेख्नकै लागि जन्मिएकी हुँ । लेख्नका लागि हरमूल्य चुकाउन सक्छु र चुकाएकी पनि छु । मेरा लागि लेखन रहर होइन, साधना र मोक्षको अर्को नाम हो । अहिले म आफैंले रोजेको जीवन बाँचिरहेकी छु, खुसी छु ।