‘क्षमता र धैर्य भए महिलाका लागि अवसरै–अवसर’
लामो समयदेखि मोडलिङ क्षेक्रमा सत्रिय धादिङकी शिला गजुरेलले डेढ सयभन्दा बढी म्युजिक भिडियो तथा कमर्सियल विज्ञापनमा अभिनय गरिसकेकी छिन् ।
विश्वकै समृद्ध सहर न्युयोर्कमा मिस नेपाल नर्थ अमेरिका–२०१९ सञ्चालन हुने भएको छ । उक्त प्रतिस्पर्धा आगामी अगस्ट १७ मा मेलरोज बलरुममा हुने बताइएको छ ।
गत वर्ष न्युयोर्कका नगर परिषद सदस्य कोस्टा कन्सटान्टिनिडेसको प्रमुख आतिथ्यमा सम्पन्न प्रथम मिस नेपाल नर्थ अमेरिका–२०१८ को कोरियोग्राफी मिस नेपाल–२०१० सदिक्षा श्रेष्ठले गरेकी थिइन् ।
उक्त प्रतियोगिताका लागि १८ देखि २७ वर्षसम्मका अविवाहित, ५ फुट २ इन्चसम्म अग्ला, उच्च माध्यमिक उत्तीर्ण, उत्तर अमेरिका निवासी नेपाली मूलकी युवती हुनुपर्ने बताइएको छ ।
यो प्रतिस्पर्धा उन्नत इन्टरनेसनल तथा ड्रिम्स युनिभर्सलले सञ्चालन गर्न लागेका हुन् ।