‘स्वस्थ रहन शरीर सन्तुलन हुनु जरुरी’
खाना र स्वास्थ्य एक–अर्काका परिपूरक हुन् । हामीले जस्तो खाना खान्छौं, हाम्रो स्वास्थ्य त्यस्तै हुन्छ । तसर्थ शारीरिक र मानसिक स्वास्थ्यका लागि स्वस्थ खाना एकदमै जरुरी हुन्छ ।
विश्वकै समृद्ध सहर न्युयोर्कमा मिस नेपाल नर्थ अमेरिका–२०१९ सञ्चालन हुने भएको छ । उक्त प्रतिस्पर्धा आगामी अगस्ट १७ मा मेलरोज बलरुममा हुने बताइएको छ ।
गत वर्ष न्युयोर्कका नगर परिषद सदस्य कोस्टा कन्सटान्टिनिडेसको प्रमुख आतिथ्यमा सम्पन्न प्रथम मिस नेपाल नर्थ अमेरिका–२०१८ को कोरियोग्राफी मिस नेपाल–२०१० सदिक्षा श्रेष्ठले गरेकी थिइन् ।
उक्त प्रतियोगिताका लागि १८ देखि २७ वर्षसम्मका अविवाहित, ५ फुट २ इन्चसम्म अग्ला, उच्च माध्यमिक उत्तीर्ण, उत्तर अमेरिका निवासी नेपाली मूलकी युवती हुनुपर्ने बताइएको छ ।
यो प्रतिस्पर्धा उन्नत इन्टरनेसनल तथा ड्रिम्स युनिभर्सलले सञ्चालन गर्न लागेका हुन् ।