‘क्षमता र धैर्य भए महिलाका लागि अवसरै–अवसर’
लामो समयदेखि मोडलिङ क्षेक्रमा सत्रिय धादिङकी शिला गजुरेलले डेढ सयभन्दा बढी म्युजिक भिडियो तथा कमर्सियल विज्ञापनमा अभिनय गरिसकेकी छिन् ।
जावलाखेलस्थित डिएभी कलेजको प्रेक्षालयमा लिटिल मिस हेरिटेज नेपाल २०१९ शीर्षकमा संचालन भएको स्कूल अध्ययनरत छात्राहरुमा केन्द्रित सौन्दर्य प्रतियोगितामा पूनम श्रेष्ठ र ओभिया भण्डारीले क्रमशः सिनियर र जुनियर उमेर समूहमा लिटिल मिस हेरिटेज नेपाल युनिभर्स २०१९ को उपाधि जित्न सफल भएका छन् ।
प्रतियोगितामा निर्जला महर्जन र गरिमा रंजीतले क्रमशः सिनियर र जुनियर उमेर समूहमा लिटिल मिस हेरिटेज नेपाल वर्ल्ड २०१९ को उपाधिमा आफ्नो दर्ता गराए ।
यसैगरी विनिता नेपाल र प्रियान्सी लामाले क्रमशः सिनियर र जुनियर उमेर समूहतर्फ लिटिल मिस हेरिटेज नेपाल ग्लोब २०१९ को ताज पहिरिन सफल भए । प्रतियोगितामा जेनिथ इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा सम्पन्न भएको थियो ।