अनु अनमोल क्षेत्री
बाल्यावस्थादेखि नै म राम्रो नृत्य गर्थें, अभिनयमा पनि रुचि थियो । यो मेरो ‘प्यासन’ नै थियो । म त्यही कला र शक्ति लिएरै हुर्किएँ । रुचिकै कारण म यो क्षेत्रमा प्रवेश गरेकी हुँ ।

भक्तपुरकी सरु जोशीले ब्युटिसियन ट्यालेन्ट नेपाल–२०१९ को उपाधि जितेकी छिन् । रोज सिप विकास तालिम केन्द्र, रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर तथा विलक्षण क्रिएसनद्वारा आयोजित प्रतियोगितामा २४ प्रतिस्पर्धीलाई पछि पार्दै सरुले शीर्ष उपाधिसहित मस्ट स्मार्टको उपाधिसमेत हात पारिन् ।
प्रतियोगितामा कविता लामाले फस्ट रनर्सअप तथा मुना श्रेष्ठले सेकेन्ड रनर्सअपको उपाधि जिते । उक्त अवसरमा इमिका श्रेष्ठले पब्लिक च्वाइस र पङ्चुअल, सरस्वती न्यौपानलेले स्टाईलिस्ट, हिमा अवस्थीले बब्ली, बिनिता भट्ट ढकालले ब्युटिफुल र सोसियल मिडिया, समिता महर्जनले बेस्ट पर्सनालिटी, कल्पना खड्काले बेस्ट फिगर तथा हिमला पुनले मस्ट लोयल घोषित भएका थिए ।