श्रमिक मेलोनी बनिन् शक्तिशाली
इटालीमा पछिल्लो निर्वाचनमा चरम–दक्षिणपन्थी दलहरूको गठबन्धनले आश्चर्यजनक विजय हासिल गरेपछि त्यहाँकी ४५ वर्षीया महिला नेतृ जोर्जिया मेलोनी चर्चाको शिखरमा छिन् ।
आउटलेट : लाजिम्पाट
विशेषता : अफिसियल तथा क्याजुअल पहिरनका लागि उत्कृष्ट गन्तव्य ।
१२ वर्षअघि खुलेको अरेन्ज बुटिकमा अफिसियलदेखि हरेक उमेर र वर्गका लागि पहिरन उपलब्ध हुन्छन् । कटन तथा लेनिनका पहिरन बढी तयार पारिने यो बुटिकमा अवसरअनुरूपका पार्टी पहिरन तथा चाडपर्वका पहिरन अर्डरअनुसार बनाइने संचालिका कुसुम ताम्राकारले बताइन् ।
यहाँ रेडिमेड वेयरभन्दा पनि डिजाइनर वेयर तयार गरिन्छ । ग्राहकको चाहनाबमोजिमका पहिरनलाई प्राथमिकता दिइने अरेन्ज द बुटिकमा धेरैजसो अफिसियल तथा क्याजुअल पहिरनको माग हुने कुसुमले बताइन् ।