म्युजिक भिडियोमा उपासना
चलचित्र क्षेत्रमा स्थापित भइसकेको नाम हो उपासनासिंह ठकुरी । उनले थुप्रै हिट चलचित्र दिइसकेकी छन् ।
भक्तपुरको सल्लाघारीस्थित भक्तपुर ब्याङ्क्वेटमा किड्स एण्ड टिन फेसन मोडल २०१९ भक्तपुर सम्पन्न भएको छ । ड्रिम सर्च एजेन्सीले आयोजना गरेको ऊक्त कार्यत्रममा प्रि किड्स मेल एण्ड फिमेल फेशन मोडल २०१९ भक्तपुरका रुपमा युनिस श्रेष्ठ र दीलास्था बुद्धाचार्य छनौट भएका छन् ।
यसैगरी किड्स फेशन मोडलका रुपमा सिन्थिया कार्की, प्रि टिन फेशन मोडलका रुपमा गृवानी चिकंबन्जार, टिन फेशन मोडलका रुपमा रोशिश चिकाबन्जार चयन भएका छन् । कार्यक्रममा प्रन्जल राणा प्रि किड्स फेशन मेगामोडल, ब्रीथ चावल प्रि किड्स फेशन सुपरमोडल, युभिका कुस्मा किड्स फेशन सुपरमोडल, निक्की लवजु प्रि टिन फेशन मेगामोडल, वैभवी शाह प्रि टिन फेशन सुपरमोडल, लीला श्रेष्ठ टिन फेशन मेगामोडल तथा सगर शाही टिन फेशन सुपरमोडलका रुपमा घोषणा गरिएका छन् ।
कार्यक्रम आयोजक संस्थाका कमल निकन क्षेत्रीका अनुसार यी विजेताहरुले थाइल्याण्डमा संचालन हुने इन्टरनेसनल फेसन फेस्टिभल २०१९ मा नेपालका तर्फबाट सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन् ।