अटल सौन्दर्यको पक्षमा
‘रजस्वलाको सुगन्ध’ निकै शक्तिशाली कविता हो । यसले सिंगो नारी समुदायको सपना र आवाजलाई प्रतिनिधित्व गरेको छ । प्रकृति र नारीबीचको सम्बन्ध र यसले समाजमा पार्ने प्रभावलाई उजागर गरेको छ ।
उनीहरूको र्याम्प वाक वयस्कहरूको भन्दा कम आकर्षक थिएन । आत्मविश्वास, प्रस्तुति एवं स्टाइल पनि दमदार थियो । रंगी–विरंगी, मनमोहक पहिरनमा सजिएका उनीहरूको समग्र हावभाव लोभलाग्दो देखिन्थ्यो । त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड सेन्टरस्थित कर्मा बार एन्ड लाउन्जमा दुई दर्जनभन्दा बढी बालबालिकाले मोडलका रूपमा प्रस्तुत हुँदै भिन्न खालको खुबी प्रस्तुत गरे ।
रेन, ट्रेडिसनल तथा डिजाइनर वेयरमा सजिएका उनीहरूलाई इनोभेसन इभेन्ट म्यानेजमेन्टले फेसन शोको प्लेटफर्म प्रदान गरेको थियो । लिटिल स्टार्स रनवे–२०१९ शीर्षकमा संचालित उक्त फेसन कार्यक्रममा डिजाइनरद्धय रेखा मोदी मित्रुका तथा रविन परियारले तयार पारेका पहिरनहरू प्रदर्शन भए भने फेसन शोको कोरियाग्राफी दिक्पाल कार्कीले गरेका थिए ।