Successfully Copied

वन्यजन्तु हाम्रा गहना हुन्

समयसापेक्ष हुनुपर्छ भनेर पाठ्यक्रममा वन्यजन्तु र वातावरणका विषय समावेश गर्नुपर्छ भनेर कुरामा वकालत गरिरहेका छौं । नेपाल प्रहरीको क्राइम हेर्ने थुप्रै पिलरमध्ये वाइल्ड लाइफ हेर्ने छुट्टै पिलर पनि बनिसकेको छ ।


सञ्जीवनी योञ्जन, निर्देशक, वन्यजन्तु संरक्षण संघ नेपाल,
(डब्ल्युसिएन)



वन्यजन्तु संरक्षण संघ नेपालले कुन–कुन क्षेत्रमा के–कस्ता काम गर्छ ?
डब्ल्युसिएन २००२ मा स्थापना भएको एनजीओमा मैले काम गरेको २० वर्ष भयो । संरक्षित क्षेत्रभन्दा बाहिर पनि वन्यजन्तु संरक्षण हुनुपर्छ भन्ने हाम्रो उतिबेलैको सोच हो । त्यतिबेला चोरी–सिकारी, पैठारी रोकिनुपर्छ भन्ने हाम्रो मूल मुद्दा थियो, संरक्षणप्रेमी मान्छेहरू मिलेर यो संस्था खोलिएको हो । सुरुदेखि नै सरकारसँग काम गरेर चोरी–सिकारी नियन्त्रणमा निरन्तर रूपमा काम गरेका छौं । सहकार्यबाट सरकार सचेत भएर नयाँ ऐन–कानुन पनि बने । अहिले समयसापेक्ष हुनुपर्छ भनेर पाठ्यक्रममा वन्यजन्तु र वातावरणका विषय समावेश गर्नुपर्छ भनेर कुरामा वकालत गरिरहेका छौं । नेपाल प्रहरीको क्राइम हेर्ने थुप्र्रै पिलरमध्ये वाइल्ड लाइफ हेर्ने छुट्टै पिलर पनि बनिसकेको छ ।
तपाईंहरूले सुरु गरेको ग्रिन अभियान भनेको के हो ?
सुरुमा हामी संरक्षणमा काम गर्न थाल्यौं । वन्यजन्तु चोरी–पैठारीजस्ता क्राइम हुनुमा समुदायको पनि हात छ भन्ने कुरा पत्ता लागेपछि सन् २००३ देखि समुदायलाई वैकल्पिक जीविका विकल्प दिने काम थाल्यौं । त्यो समयमा संरक्षण शिक्षा भनेको आर्ट, पोइम वा क्विज कम्पिटिसन मात्रै हो भन्ने बुझिन्थ्यो । वातावरण शिक्षामा काम गरेको १५ वर्षभन्दा बढी भयो । इको–स्कुल अभियान अर्थात् हरित विद्यालय निर्देशिका निस्कियो सन् २०१८ मा, हामीले यसमा सरकारस“ग सहकार्य गर्ने अवसर पायौं । त्यसमाएक विद्यालय–एक बगैंचा भन्ने कुरा उल्लेख थियो । विद्यालयस्तरबाट जलवायु परिवर्तनले ल्याएको चुनौती सम्बोधन गर्न सकिन्छ भन्ने ज्ञान दिइने अभियान नै ग्रिन अभियानका रूपमा अगाडि बढ्यो, यसले व्यावहारिक ज्ञान हुनुपर्छ भन्ने कुरालाई महत्व दिएको छ ।
यो अवधारणाको जन्म कसरी भयो ?

चोरी–सिकारी व्यापक हुँदा समुदाय स्तरमा शिक्षा र चेतना आवश्यकताले यो अवधारणा जन्मायो । बाघ मा¥यो भने समात्छ भन्ने थाहा थियो तर बाघ संरक्षण ग¥यो भने के हुन्छ भन्ने जानकारी र चेतना थिएन । तसर्थ हामीले सरकारसँग मिलेर ग्रिन अवधारणामार्फत स्थानीय पाठ्यक्रम निर्माण ग¥यौं जुनकुरा अहिले सातै प्रदेशका सात सय ५३ स्थानीय निकायमा सञ्चालित छन् ।
यसको प्रभाव कस्तो छ ?
हामीले प्रदेश सरकारसँग मिलेर उतिबेला बनाएको स्थानीय पाठ्यक्रम अहिले नेपालभरका सम्पूर्ण पालिकामै सञ्चालित छ । हाल चितवनको रत्ननगरमा ६ वटा र काठमाडौं महानगरपालिकाभित्र ६ वटा गरी १२ वटा हरित विद्यालय बनिसकेका छन् । २० वर्षको हाम्रो कामको मूल्यांकन गर्दा विद्यार्थीहरूमा परिवर्तन आएको मात्रै नभएर अभिभावकलाई समेत तीविद्यार्थीले वातावरण शिक्षा सिकाएको पनि पाइयो ।
यो अवधारणाको लक्ष्य के हो ?
सन् २०१८ को शिक्षा मन्त्रालयको निर्देशिकाले प्रत्येक विद्यालय हरित विद्यालय हुनुपर्छ भनेको छ । हामीले दुई वटा स्रोत सामग्री निकालेका छौं । पहिलो पुस्तक, अर्को लघुचलचित्र । प्रियंका कार्की र गौरव पहाडीले अभिनय गरेको यो डकुफिल्म युट्युबमा पनि हेर्न पाइन्छ भने छ वटा छुट्टाछुट्टै कम्पोनेन्ट राखिएको पुस्तक विद्यालयमा पढाइ हुन्छ । रुख रोपेर मात्र हँुदैन, वातावरण सरसफाइ, फोहोरबाट मोहोर बनाउने कला, ऊर्जाको चुहावट, पानी र सरसरफाइका कुरा समेत यो चलचित्र र पुस्तकभित्र समेटिएका छन् । तसर्थ हाम्रो लक्ष्य भनेको नेपालभरका हरेक विद्यालय ‘हरित विद्यालय’ हुनुपर्छ भन्ने हो । निरन्तर काम गरे अबको १०वर्षभित्र यो अवधारणा मूलधारमा छिर्छ भन्ने छ किनभने अहिले त प्रदेश सरकारसँगै निर्णायक शक्ति छ ।

 Image