५० वर्षमा ‘प्लस टू’
सानैदेखि सुन्दै र गम्दै आएकी छु–जीवनमा कहिले हरेस नखानू, कसैले ढुंगा बर्साउँदा पनि फूल बर्साउनू, बैगुनीलाई गुनले मार्नू, दुःखमा नआत्तिनू, सुखमा नमात्तिनू
सञ्जीवनी योञ्जन, निर्देशक, वन्यजन्तु संरक्षण संघ नेपाल,
(डब्ल्युसिएन)
वन्यजन्तु संरक्षण संघ नेपालले कुन–कुन क्षेत्रमा के–कस्ता काम गर्छ ?
डब्ल्युसिएन २००२ मा स्थापना भएको एनजीओमा मैले काम गरेको २० वर्ष भयो । संरक्षित क्षेत्रभन्दा बाहिर पनि वन्यजन्तु संरक्षण हुनुपर्छ भन्ने हाम्रो उतिबेलैको सोच हो । त्यतिबेला चोरी–सिकारी, पैठारी रोकिनुपर्छ भन्ने हाम्रो मूल मुद्दा थियो, संरक्षणप्रेमी मान्छेहरू मिलेर यो संस्था खोलिएको हो । सुरुदेखि नै सरकारसँग काम गरेर चोरी–सिकारी नियन्त्रणमा निरन्तर रूपमा काम गरेका छौं । सहकार्यबाट सरकार सचेत भएर नयाँ ऐन–कानुन पनि बने । अहिले समयसापेक्ष हुनुपर्छ भनेर पाठ्यक्रममा वन्यजन्तु र वातावरणका विषय समावेश गर्नुपर्छ भनेर कुरामा वकालत गरिरहेका छौं । नेपाल प्रहरीको क्राइम हेर्ने थुप्र्रै पिलरमध्ये वाइल्ड लाइफ हेर्ने छुट्टै पिलर पनि बनिसकेको छ ।
तपाईंहरूले सुरु गरेको ग्रिन अभियान भनेको के हो ?
सुरुमा हामी संरक्षणमा काम गर्न थाल्यौं । वन्यजन्तु चोरी–पैठारीजस्ता क्राइम हुनुमा समुदायको पनि हात छ भन्ने कुरा पत्ता लागेपछि सन् २००३ देखि समुदायलाई वैकल्पिक जीविका विकल्प दिने काम थाल्यौं । त्यो समयमा संरक्षण शिक्षा भनेको आर्ट, पोइम वा क्विज कम्पिटिसन मात्रै हो भन्ने बुझिन्थ्यो । वातावरण शिक्षामा काम गरेको १५ वर्षभन्दा बढी भयो । इको–स्कुल अभियान अर्थात् हरित विद्यालय निर्देशिका निस्कियो सन् २०१८ मा, हामीले यसमा सरकारस“ग सहकार्य गर्ने अवसर पायौं । त्यसमाएक विद्यालय–एक बगैंचा भन्ने कुरा उल्लेख थियो । विद्यालयस्तरबाट जलवायु परिवर्तनले ल्याएको चुनौती सम्बोधन गर्न सकिन्छ भन्ने ज्ञान दिइने अभियान नै ग्रिन अभियानका रूपमा अगाडि बढ्यो, यसले व्यावहारिक ज्ञान हुनुपर्छ भन्ने कुरालाई महत्व दिएको छ ।
यो अवधारणाको जन्म कसरी भयो ?
चोरी–सिकारी व्यापक हुँदा समुदाय स्तरमा शिक्षा र चेतना आवश्यकताले यो अवधारणा जन्मायो । बाघ मा¥यो भने समात्छ भन्ने थाहा थियो तर बाघ संरक्षण ग¥यो भने के हुन्छ भन्ने जानकारी र चेतना थिएन । तसर्थ हामीले सरकारसँग मिलेर ग्रिन अवधारणामार्फत स्थानीय पाठ्यक्रम निर्माण ग¥यौं जुनकुरा अहिले सातै प्रदेशका सात सय ५३ स्थानीय निकायमा सञ्चालित छन् ।
यसको प्रभाव कस्तो छ ?
हामीले प्रदेश सरकारसँग मिलेर उतिबेला बनाएको स्थानीय पाठ्यक्रम अहिले नेपालभरका सम्पूर्ण पालिकामै सञ्चालित छ । हाल चितवनको रत्ननगरमा ६ वटा र काठमाडौं महानगरपालिकाभित्र ६ वटा गरी १२ वटा हरित विद्यालय बनिसकेका छन् । २० वर्षको हाम्रो कामको मूल्यांकन गर्दा विद्यार्थीहरूमा परिवर्तन आएको मात्रै नभएर अभिभावकलाई समेत तीविद्यार्थीले वातावरण शिक्षा सिकाएको पनि पाइयो ।
यो अवधारणाको लक्ष्य के हो ?
सन् २०१८ को शिक्षा मन्त्रालयको निर्देशिकाले प्रत्येक विद्यालय हरित विद्यालय हुनुपर्छ भनेको छ । हामीले दुई वटा स्रोत सामग्री निकालेका छौं । पहिलो पुस्तक, अर्को लघुचलचित्र । प्रियंका कार्की र गौरव पहाडीले अभिनय गरेको यो डकुफिल्म युट्युबमा पनि हेर्न पाइन्छ भने छ वटा छुट्टाछुट्टै कम्पोनेन्ट राखिएको पुस्तक विद्यालयमा पढाइ हुन्छ । रुख रोपेर मात्र हँुदैन, वातावरण सरसफाइ, फोहोरबाट मोहोर बनाउने कला, ऊर्जाको चुहावट, पानी र सरसरफाइका कुरा समेत यो चलचित्र र पुस्तकभित्र समेटिएका छन् । तसर्थ हाम्रो लक्ष्य भनेको नेपालभरका हरेक विद्यालय ‘हरित विद्यालय’ हुनुपर्छ भन्ने हो । निरन्तर काम गरे अबको १०वर्षभित्र यो अवधारणा मूलधारमा छिर्छ भन्ने छ किनभने अहिले त प्रदेश सरकारसँगै निर्णायक शक्ति छ ।