उनीहरुको विरालो चालको हिंडाई वयस्कहरुको भन्दा कम आकर्षक थिएन । आत्मविश्वास, प्रस्तुति र स्टाइल पनि दमदार थियो । रंगी विरंगी, मनमोहक पहिरनहरुमा सजिएका उनीहरुको समग्र आवरणीय हावभाव लोभलाग्दो थियो ।
त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड सेन्टर अवस्थित कर्मा बार एण्ड लाउन्जमा दुई दर्जन बढी बालबालिकाहरुले आफूलाई मोडलको स्वरुपमा प्रस्तुत भएर भिन्न खालको खूबी प्रस्तुत गरेका थिए ।
रेन, ट्राडिसनल तथा डिजाइनर वेयर प्रस्तुतिमा सजिएका उनीहरुलाई इनोभेसन इभेन्ट म्यानेज्मेन्टले फेसन शोको प्लेटफर्म प्रदान गरेको थियो ।
लिटिल स्टार्स रनवे २०१९ शीर्षकमा संचालित उक्त फेसन कार्यक्रममा मुख्य गरी डिजाइनरद्धय रेखा मोदी मित्रुका र रविन परियारले तयार पारेका पहिरनहरुमा बालबालिकाहरुको रनवे प्रस्तुतिलाई दिक्पाल कार्कीले निर्देशन गरेका थिए ।