अटल सौन्दर्यको पक्षमा
‘रजस्वलाको सुगन्ध’ निकै शक्तिशाली कविता हो । यसले सिंगो नारी समुदायको सपना र आवाजलाई प्रतिनिधित्व गरेको छ । प्रकृति र नारीबीचको सम्बन्ध र यसले समाजमा पार्ने प्रभावलाई उजागर गरेको छ ।
तेस्रो लिङ्गीहरुको समुह ( एलजीविटी) को बारेमा मर्निङग्लोरी इन्टरटेन्टमेन्टले पहिलो पटक कार्यक्रम गरेको छ । एलजिटी आइकन भनेको लेजविन, गे, बाइसेक्सुअल, टन्जेन्डर, इन्टरसेक्सहरु वारे जिज्ञासा हो ।
अर्न्तकृयामा एलजिविटी अधिकारकर्मी अनुज पेटर राई, मिस पिंक २०१८ एञ्जल लामा लगायतले एलजिविटीलाई समाजले हेर्न दृष्टिकोण परिवर्तन हुँदैं गएको धारणा राखेका थिए । अधिकारकर्मीले एलजिवीटीहरुलाई सामान्य रुपमा लिनु पर्ने बताए ।
उनीहरुले सहज रुपमा जिउनु पर्ने तर त्यसको लागि विभिन्न पक्षसंग हातेकालो गर्नु पर्ने अधिकारकर्मीहरुको भनाइ छ । अन्तरक्रियामा विभिन्न कलेजवाट सहभागी युवाहरुले एलजीवीटी वारे जिज्ञासाहरु राखेका थिए ।
पछिल्लो समय विश्वमै एलजिवीटीको अधिकारको लागि आवाज उठाइ रहेको छ । त्यस्तै नेपालमा पनि माग बढ्दै गइरहेको छ । मर्निङ ग्लोरी इन्टरटेन्टमेन्टका अध्यक्ष मोहन्ना क्षेत्रीले एलजिवीटीहरुको अधिकारको बहसको लागि कार्यक्रम आयोजना गरिएको बताइन् ।