हिमालयन आर्ट फेस्टिभलमा ८० कलाकारका सिर्जना
बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा हिमालयन आर्ट फेस्टिभलको आज अन्तिम दिन हो । आर्ट फेस्टिभल सात दिनसम्म चलेको थियो । फेस्टिभलमा ८० भन्दा बढी कलाकारको १ सय भन्दा बढी सिर्जना राखिएको थियो ।
विवाहित महिलाहरूमा लक्षित मिसेज टप अफ द वर्ल्ड शीर्षकको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताका लागि नेपालको आधिकारिक संस्था ईप्लानेटले अलिना शाक्य तुलाधरलाई मिसेज टप अफ द वर्ल्ड नेपाल–२०१९ घोषणा गरेको छ ।
मिसेज टप अफ द वर्ल्ड नेपाल–२०१९ का रूपमा चयन भएकी अलिना शाक्य तुलाधारलाई औपचारिक रूपमा विजेताको ताज पहिर्याउने कार्य चैत ८ गतेका दिन होटल सोल्टी क्राउन प्लाजामा आयोजित एक कार्यक्रमका बीच सम्पन्न गरिएको थियो ।
मिसेज टप अफ द वर्ल्ड–२०१९ को अन्तर्राष्ट्रिय प्रतियोगिता लातभियाको रिगा सहरमा मे २९ देखि जुन २ तारिखसम्म संचालन हुनेछ ।