Successfully Copied

छाला र केश बचाएर खेलौं

हिजोआज रंग टल्काउन माइका टाट्राजीन ग्लास पाउडर प्रयोग गरिन्छ । यसले शरीरका छालामा निकै हानी पुर्‍याउँछ । यस्ता मिसावटयुक्त रङ्ग लामो समयसम्म प्रयोग गरे छालाको क्यान्सर समेत हुन सक्छ । 

डा. अपर्णा शाह

(डर्मेटोलोजिस्ट)

    होलीको रङ्गमा लेड अक्साइड, कपर सल्फेट, मर्क्युरी सल्फाइड, सिलिका जस्ता रसायन प्रयोग हुन्छ । 

    यस्ता रंगले छाला चिलाउने तथा एलर्जीको समस्या उत्पन्न गर्छन् । 

    पहिले नै डण्डिफोरको समस्या भएकाहरूको समस्या अझ बढ्न सक्छ । 

    हिजोआज रंग टल्काउन माइका टाट्राजीन ग्लास पाउडर प्रयोग गरिन्छ । यसले शरीरका छालामा निकै हानी पुर्‍याउँछ । यस्ता मिसावटयुक्त रङ्ग लामो समयसम्म प्रयोग गरे छालाको क्यान्सर समेत हुन सक्छ । 

    केशमा यस्तो रंग परे सुक्खा हुनसक्छ । नङ भित्र पर्दा पनि हानी पुग्छ । 

    आँखामा रंग परे रातो हुने, चिलाउने, पोल्ने आदि हुन्छ । रंगमा प्रयोग गरिने लेड अक्साइडले मिर्गौलामा समेत नकारात्मक असर पार्छ । 

    होली खेल्नु अघि शरीर तथा अनुहारमा नरिवलको तेल दल्न सकिन्छ वा मोस्चराइजर लगाउन सकिन्छ । 

    नेल पालिस लगाएर होली खेल्नुपर्छ भने सधैं सफा पानी प्रयोग गर्नुपर्छ ।

    होलीमा लागेको रंग हटाउन रगड्नुहुँदैन । नुहाउँदा माइल्ड साबुन प्रयोग गर्नुपर्छ । नुहाइसकेपछि बडी लोसन लगाउनुपर्छ ।

 

 Image