अपाङ्गता भएकाको अब्बल परिचय
अपाङ्ग सन्तान जन्मिए नानाथरिका कुरा गरिन्छ । जस्तै, ‘पूर्वजुनीको पापको फल पाएको, आमा अलच्छिनी भएको, गर्भावस्थामा गर्न नहुने काम गरेको, पाप कुर्लिएको, फलानोलाई यसो गरेको थियो यही जुनीमा देखियो आदि ।

ललितपुरको जावलखेलमा सुबिधासम्पन्न ललित फरिया घर सन्चालनमा आएको छ । उक्त फरिया घरको एक कार्यक्रमका बिच अभिनेत्री बिपना थापा, निर्देशक कलाकार दीपाश्री निरौला, सन्चारकर्मी बबिता बस्नेत लगायतले उद्घाटन गरे ।
कार्यक्रममा पुर्व सभासद मदन अमात्य, उदय शम्शेर राणा लगायतका व्यक्तिको उपस्थिती रहेको थियो । फरिया घरमा साडी, कुर्ता, टप्स, जुत्ता, ब्याग र महिलाका भित्री बस्त्रहरु छन । अहिले शुभारम्भका अबसरमा २० प्रतिशत छुटको ब्यबस्था छ ।
सस्तो र राम्रो सामान एकै ठाउँमा उपलब्ध गराउने लक्ष सहित फरिया घर सन्चालनमा ल्याइएको सन्चालक मध्येकी एक वरिष्ठ ब्युटिसियन मिना न्यौपानेको भनाई छ ।