मर्मभित्र मदन
‘मेरी धर्मपत्नी यशोदा नभएको भए म आज यो स्थानमा हुँदैनथें । जीवनमा जे–जति गर्न सकें उनकै प्रेम, साथ, सहयोग र प्रेरणाले सम्भव भएको हो’ उनले भने, ‘यशोदाको स्वर्गारोहणपछिका पाँचवर्षयता म अधूरो र अपूरो छु ।’
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नारीप्रति सम्मान गर्दै धुलिखेल अस्पतालमा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सुमनराज ताम्राकारले गर्भ तथा सुत्केरी स्याहारसम्बन्धी पुस्तक ‘एक शरीर : दुई जीवन’ प्रकाशनमा ल्याएका छन् ।
महिनावारी चक्र, छोरा वा छोरी, गर्भवती जाँच, ल्याब टेस्ट, गर्भवती सुत्केरी अवस्थामा यौन सम्पर्क, पाठेघरमा बच्चा बढ्ने तरिका, सुत्केरी व्यथाका लक्षण, गर्भावस्थाका खतरनाक संकेत, गर्भावस्थामा आइपर्ने मेडिकल तथा सर्जिकल समस्याहरू, स्वस्थ शिशु, कङ्गारु मातृ स्याहारजस्ता ५१ वटा रोचक विषय एवं खुल्दुलीहरूको समाधानसहितको उक्त पुस्तक साधारण गृहिणी एवं पहिलो पटक आमाबाबु बन्न लागेका नवदम्पतीहरूका लागि निकै उपयोगी छ ।
१ सय ६० रुपैंयाँ पर्ने यो पुस्तक मध्यमस्तरीय स्वास्थ्यकर्मीहरूका लागि समेत सहयोगी हुने खालको छ ।