Successfully Copied

हङकङेली स्टेजमा नेपाल

विदेशी भूमिमा जब आफ्नो संस्कृति र प्रतिभा प्रदर्शित हुन्छ तब हरेक नेपालीको छाती गर्वले फुल्छ । यसै क्रममा आइतबार सम्पन्न ‘कल्चरल हार्मोनी एण्ड एथनिक ट्यालेन्ट शो’ मा विदेशीसँगै नेपाली समुदायका प्रतिभा एवं संस्कृति प्रदर्शन गरिएको थियो । 

भारत, इन्डोनेसिया, फिलिपिन्स, अफ्रिका आदि देशका सहभागीहरूले उनीहरूको सांस्कृतिक नृत्य, वेशभूषा एवं जीवनशैली प्रस्तुत गरेको कार्यक्रममा नेपालले जातजातिका परम्परागत नृत्य, झाँकी एवं वेशभूषा प्रस्तुत गर्‍यो । हङकङका कुशल चित्रकार दीपेन्द्र राईद्वारा तयार पारिएका आकर्षक चित्रको प्रदर्शनीले पनि कार्यक्रममा रोचकता थपेको थियो । 

हङकङ सरकारको गृह मन्त्रालयबाट प्रयोजित नेपाली समुदायका लागि सामुदायिक सेवाकी प्रमुख रीता गुरुङ भन्छिन्— यो एउटा उत्कृष्ट अवसर हो, हामीले हाम्रो विविधता प्रदर्शन गर्न पायौं । मल्टिकल्चरल देश हङकङको जातीय विविधता र संस्कृति हेर्दा, नजिकबाट महसुस गर्दा हाम्रो मैलिकताप्रति अझ अपनत्व बढेर आएको छ । नयाँ पुस्ताको चासो एवं सहभागिताका कारण हामीले विदेशमा भए पनि मौलिकता तथा राष्ट्रियता संरक्षणमा भूमिका खेलेको महसुस भएको छ । 

 Image