प्रेमिल जोडी
एकजना साथीले मोडल करिष्मा केसीलाई ‘सलोन बस्नेतसँग म्युजिक भिडियो खेल्ने हो ?’ भनेर अफर गरे । करिष्माले ‘हुन्छ’ भनिदिइन् । सलोनले अभिनय गरेको ‘होस्टल’ चलचित्र हेरेपछि करिष्मा उनको फ्यान बनेकी थिइन् ।
गतसाता राजधानीमा संचालन भएको मिस तामाङ २०१९ को फाइनल प्रतिस्पर्धामा आफूलाई अन्य प्रतिस्पर्धीहरु भन्दा अब्बल सावित गर्दै सरिता तामाङले विजेताको ताज पहिरिन सफल भएकी छिन् ।
राजधानी शहरको कमलादीस्थित प्रज्ञा भवनको डबलीमा संचालन भएको प्रतियोगितामा २३ जना तामाङ युवतीहरु मुख्य उपाधि दौडमा सहभागि थिए । प्रतियोगितामा सविना दोङ फस्ट रनर अप, अप्सरा स्याङतान सेकेन्ड रनर अप, कविता योञ्जन थर्ड रनर अप तथा लक्किसा स्याङ्बो फोर्थ रनर अपका रुपमा छनौट भएका थिए ।
प्रतियोगिताका विजेताले नगद पुरस्कार रु एक लाख तथा फस्ट तथा सेकेन्ड रनर अप विजेताले क्रमशः नगद पुरस्कार रु पचास हजार र रु पच्चीस हजार प्राप्त गरेका थिए । प्रतियोगिता एभरेष्ट फेसन होम तथा नेपाल तामाङ कला संस्कृति केन्द्रको संयुक्त आयोजनामा सम्पन्न भएको थियो ।