बहुप्रतिभाशाली इन्दिरा
नेपाली सांगीतिक क्षेत्रमा फरक पहिचान बनाएकी इन्दिरा जोशीले तीन सयभन्दा बढी गीतमा स्वर दिइसकेकी छन् । १२ वर्षअघि ‘डान्स विथ मी सोलो एल्बम’ निकालेयता उनलाई पछाडि फर्केर हेर्न परेको छैन ।
कान्तिपुर पब्लिकेसन्सको सह–प्रकाशन नारी मासिकका फोटो पत्रकार महेशमान प्रधानलाई मातृशोक परेको छ । प्रधानकी ममतामयी आमा लक्ष्मी प्रधानको ७६ वर्षको उमेरमा निधन भएको हो । श्वासप्रश्वासमा समस्या आएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत लक्ष्मीलाई २०८१ फागुन १७ गते दिउँसो २ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । उनका ३ छोरा र एक छोरी छन् ।