Successfully Copied

हङकङेली स्टेजमा नेपाली कल्चर

विदेशी भूमिमा जब आफ्नो संस्कृति र प्रतिभा प्रर्दशित भएको पाउछौ, गर्वले छाती फुल्छ । नयाँ पुस्तालाई नेपाली कला, संस्कृति, भाषा र ईतिहासप्रति अभ्यस्त बनाउनका लागि गृह मामिला विभाग (हङकङ सरकार)बाट प्रायोजित नेपाली समुदायका लागि सामुदायिक सेवा (सी.एस.टि.एन) कार्यक्रम हङकङ नेपाली महासंघले गरिरहेको छ

विदेशी भूमिमा जब आफ्नो संस्कृति र प्रतिभा प्रर्दशित भएको पाउछौ, गर्वले छाती फुल्छ । नयाँ पुस्तालाई नेपाली कला, संस्कृति, भाषा र ईतिहासप्रति अभ्यस्त बनाउनका लागि गृह मामिला विभाग (हङकङ सरकार)बाट प्रायोजित नेपाली समुदायका लागि सामुदायिक सेवा (सी.एस.टि.एन) कार्यक्रम हङकङ नेपाली महासंघले गरिरहेको छ । 

यसैक्रममा गत साता सम्पन्न ‘कल्चरल हार्मोनी एण्ड एथ्निक ट्यालेन्ट शो’ मा विदेशीसँगै नेपाली समुदायका प्रतिभा र संस्कृतिहरु प्रर्दशन गरिएको थियो । भारत, ईन्डोनेशिया, फिलिपिन्स, अफ्रिका लगायतका देशहरुबाट सहभागीहरुले उनीहरुको सांस्कृतिक नृत्य, भेषभुषा र जीवनशैली प्रस्तुत गरेका थिए । नेपालले पनि आफ्नो तर्फबाट विभिन्न जातजातीका परम्परागत नृत्य, झँकी, भेषभुषा प्रस्तुत गर्यो । कार्यक्रममा एण्टि ड्रग्सका साथै जानकारी र जनचेतनाका पोष्टर, ब्रुसरहरुको प्रर्दशन गरिएको थियो । हङकङका कुशल चित्रकार दिपेन्द्र राईद्धारा बनाईएका आकर्षक चित्रहरुको प्रर्दशनीले कार्यक्रममा थप रोचकता थप्यो । 

कार्यक्रममा हङकङ नेपाली महावाणिज्यदूत कमलप्रसाद भट्टराईले महासंघको कार्य र हङकङमा नेपाली पुस्ताहरुको उत्साह र प्रतिभाले राम्रो सम्भावना देखाएको भन्दै शुभकामना दिए । सी.एस. टि.एन प्रमुख रीता गुरुङ भन्छिन् यो एउटा उत्कृष्ट अवसर हो, हामीले हाम्रो विविधता प्रर्दशन गदै विदेशी संस्कृतिलाई पनि नजिकबाट नियाल्नका लागि ।

मल्टिकल्चरल देश हङकङमा रहेको जातीय विविधता र संस्कृति हेर्दा, नजिकबाट महशुस गर्दा हाम्रो मैलिकताप्रति अझ अपनत्व बढेर आएको छ, अझ नया पुस्ताको चासो र सहभागिताले हामीले केहि हदसम्म विदेशमा भएपनि मौलिकता र राष्ट्रियतालाई संरक्षण गर्न भूमिका खेलेको महशुस भएको छ उनी थप्छिन् । 

कार्यक्रममा विभिन्न संघसस्थाका प्रतिनिधी, पत्रकार, हङकङ सरकारका प्रतिनिधी लगायत विदेशीहरुको उल्लेखय सहभागिता थियो ।

तस्बिर : टिबी याक्खा

 

 Image