कियानले ल्याएको खुसी
किरणले सबैलाई चकित पार्ने गरी खेल मैदानबाटै चिच्याए, ‘कञ्चन विल यु म्यारी मी ?’ घुँडा टेकेर हातमा हीराको औँठी बोकिरहेका किरणलाई सबैले एकतमासले हेरे । कञ्चन खुसी भएर मैदान छिरिन् ।
नालापानीको भीषण युद्धमा संग्लन हुन सकिन
ढोग गर्दछु ती वीर योद्धालाई जीवन्त नेपाल दिन
कोटी कोटी प्रणाम गर्दछु ,नेपाली भनी चिनाउनेलाई
सयौँ पटक सलाम ठोक्दछु रातो रगत बगाउने लाई ।।
रिचार्ड- सको हजारौँ सेना परास्त गर्ने सहिदहरुलाई
हाम्रो झन्डा फरफराउने संयोग बनाउनेहरुलाई
मेरो प्रणाम ती योद्धालाई ,मलाई नेपाली तुल्याउने
सयौँ गोली खाएर प्यारो नेपाल ठडाउने।।
नरे कार्कीको देश भक्तिको गुणगान गरी सकिनन्
उसको स्वास्नीको वियोगको पीडालाई बाँडेर मेटिन्न ।
धर्तीको बोली सुनौ पुत्रहरू जागरुक भएर जागे
तराईवासीको आशाका गीतहरू घन्की सत्रु छोडी भागे ।।
हिमाल बासिद्वारा हिमशिखरको विवरण
खाल्डो बसिद्वारा देशको खुसी र मानको आगमन
पर्वत बासीहरुको जागरुक आस्वासन
नरेको देशप्रति भक्तिको प्रस्तुतिकरण
मविको लोभमा नपरी नरे कार्की लड्दछ
आफ्नो घाउको पीडा नसम्झि उत्तेजित भई उठ्दछ ।
नेपालीको शिर नझुकाई विजय प्राप्त गर्दछ ।
नेपालीको शीर अझ उच्च तुल्याउँछ ।