‘मेरा प्रश्न सकिएका छैनन्’
पुर्पुरो मेरो जीवनीमा आधारित र आफैंले भोगेका सत्य र महत्वपूर्ण घटनामा आधारित उपन्यास हो । यसमा घर, समाजले निम्न वर्गीय समूह, गरिब र असहायलगायत महिलालामाथि गर्ने व्यवहार चित्रण गरिएको छ ।
सामाजिक अभियन्ता तथा सञ्चारकर्मी वन्दना राणा संयुक्त राष्ट्र संघ अन्तर्गतको भेदभावविरुद्ध महिला समिति (सीड) को उपाध्यक्षमा निर्वाचित भएकी छन् ।
सोमबार न्यूयोर्कमा आयोजित चुनावबाट राणा दुई वर्षे कार्यकालका लागि निर्वाचित भएकी हुन् । एशिया प्रसान्त क्षेत्रबाट प्रतिनिधित्व गर्दै उनी डिसेम्बर २०२० सम्मका लागि निर्वाचित भएकी हुन् ।
राष्ट्र संघ अन्तर्गतको यो समितिमा प्रतिनिधित्व गर्ने पहिलो नेपाली बन्न राणा सफल भएकी छन् । सन् २०१६ मा वन्दना समितिको विशेषज्ञ सदस्यको रुपमा निर्वाचित भएकी थिइन् ।
पहिले सञ्चार क्षेत्रमा आवद्ध भएकी वन्दना राणा सामाजिक मुद्दा र महिला मानव अधिकारको क्षेत्रमा सक्रिय छिन् ।
राणा महिला र बालिकाविरुद्ध हुने हिंसा र भेदभावविरुद्ध काम गर्ने सामाजिक संस्था साथीकी संस्थापक हुन् । उनी हाल यो संस्थामा रणनीतिक निर्देशकको रुपमा कार्यरत छिन् ।