‘मिसामी’मा नारी–व्यथा
२०३० सालमा लेखेर सोही वर्ष दोलखामा मञ्चन गरिएको नाटक ५१ वर्षपछि पुस्तकाकार रूपमा प्रकाशित
सौन्दर्य प्रतियोगिता मार्फत् युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभीन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धनका लागि प्रारम्भ भएको ‘हेरिटेज पेजेन्टस्’को २०१९ को संस्करण विधिवत् रुपमा आरम्भ भएको छ । गत १२ फेब्रुअरी साँझसम्म प्रतियोगितामा सहभागि हुनका लागि सिंगापुर पुगेका विभिन्न मुलुकका सहभागिहरुलाई स्वागत तथा उनीहरुलाई अफिसियल स्यास हस्तान्तरण गरेसंगै प्रतियोगिताले गति पाएको हो ।
प्रतियोगिताका लागि उक्त दिन सम्म नेपाल, भारत, सिंगापुर, थाइल्याण्ड, फिलिपिन्स, सेन्ट्रल एशिया, कजाकिस्तान, केन्या, नाइजेरिया, क्यामरुन लगायतका मुलुकका प्रतिस्पर्धीहरु आइपुगेका छन् । अन्य सहभागिहरु आउने क्रममा रहेका छन् । सहभागिहरुलाई कार्यक्रम आयोजक संस्था ई प्लानेट प्रा.लि.का अध्यक्ष सन्तोष सापकोटाले स्यास पहिर्याइदिएका थिए । प्रतियोगिताको ग्राण्ड फिनाले यही फेब्रुअरी १६ तारिखमा सिंगापुरको अंकल रिंगो काइन्डनेस कार्निभलमा सम्पन्न हुनेछ ।
यस पटकको हेरिटेज् पेजेन्टस् २०१९ अन्तर्गत मिस हेरिटेज इन्टरनसनल र मिसेस् हेरिटेज इन्टरनेसनल २०१९ को उपाधि लागि प्रतिस्पर्धा हुनेछ । इप्लानेट प्रा.लि. आयोजनामा संचालन हुने यस पटकको आयोजनामा सिंगापुर सरकार, सिंगापुर काइन्डनेस मुभमेन्ट, अंकल रिंगो काइन्डनेसन कार्निभल, सिंगापुर तथा मलेसिया स्थित कलाइमनि केयर्सको सहकार्य रहने कुरा आयोजक संस्थाका अध्यक्ष सन्तोष सापकोटाले जनाएका छन् ।
सिंगापुरका सुसान सान्फुर्मी कोहको संयोजनामा संचालन हुने यो प्रतियोगिताका लागि नेपालबाट संचारकर्मी एवं इन्टरनेसनल कोरियोग्राफर रोजिन शाक्य कोरियोग्राफर रहनेछन् भने बलिउड कोरियोग्राफर सिम्रन डिन्ज अहुजाको पनि प्रतियोगिताको कोरियोग्राफीमा सहकार्य रहनेछ ।