रंगहरूको पर्व : होली
होली पर्व प्रत्येक वर्ष फागुन शुक्लपूर्णिमाका दिन हर्षोल्लासका साथ मनाइने हिन्दूहरूको प्रमुख चाड हो । होली रंगहरूको पर्व हो । असत्यमाथि सत्यको विजय भएको खुसीमा उल्लासका साथ एक–आपसमा अबिर एवं रंग लगाई यो पर्व मनाइन्छ ।
पोखरास्थित फिटनेस क्लब आव्यामा ‘रंगहरूसित एकदिन’ नामक आर्ट थेरापी कार्यक्रम सम्पन्न भयो । चित्रको माध्यमबाट आफ्ना भावना प्रस्तुत गरेर स्वस्थ जीवनका लागि यो कार्यक्रम गरिएको आव्याका प्रबन्ध निर्देशक निरोज लामाले बताए । बाल्यकालमा हामीले कुनै न कुनै चित्र कोरेका हुन्छौं ।
सहभागीले आफूलाई मन लागेको चित्र कोरेका थिए । आर्ट थेरापीले मानसिक रूपमा तनाव कम हुनुका साथै शरीरमा सकारात्मक सोच आउने कार्यक्रमकी संयोजक कलाकार कृपा श्रेष्ठले बताइन् । कार्यक्रममा बालबालिकादेखि ४० वर्ष उमेरसम्मका ७० जना सहभागी थिए । सहभागीले आफूले कोरेका चित्र घर लिएर गएका थिए ।