‘यो आफैमा लिभिङ म्युजियम हो’
यो एउटा लिभिङ म्युजियम हो । यहाँभित्र नेपाली कला र संस्कृति झल्किने पूर्वाधार, मौलिक स्वादयुक्त खानपान, न्यानो आतिथ्य सत्कार, घरेलु वातावरण आदि कुरा छन् ।
पोखरास्थित फिटनेस क्लब आव्यामा ‘रंगहरूसित एकदिन’ नामक आर्ट थेरापी कार्यक्रम सम्पन्न भयो । चित्रको माध्यमबाट आफ्ना भावना प्रस्तुत गरेर स्वस्थ जीवनका लागि यो कार्यक्रम गरिएको आव्याका प्रबन्ध निर्देशक निरोज लामाले बताए । बाल्यकालमा हामीले कुनै न कुनै चित्र कोरेका हुन्छौं ।
सहभागीले आफूलाई मन लागेको चित्र कोरेका थिए । आर्ट थेरापीले मानसिक रूपमा तनाव कम हुनुका साथै शरीरमा सकारात्मक सोच आउने कार्यक्रमकी संयोजक कलाकार कृपा श्रेष्ठले बताइन् । कार्यक्रममा बालबालिकादेखि ४० वर्ष उमेरसम्मका ७० जना सहभागी थिए । सहभागीले आफूले कोरेका चित्र घर लिएर गएका थिए ।