कलामा बिम्बित महिला अधिकारका मुद्दा
दक्षिण एसियाका १० चर्चित कलाकारका सिर्जनाले महिला अधिकारका मुद्दालाई गहिरो विश्लेषण र संवेदनशील दृष्टिकोणबाट प्रस्तुत गरेका छन् । सामाजिक संरचनामा भएको असमानता र महिलाको प्रतिरोधको महत्व पनि कलामा उजागर भएको छ ।
विभिन्न विद्यालयहरुमा कक्षा १ देखि ८ सम्म अध्ययनरत ३१ जना बालबालिकाहरुको सहभागितामा आयोजना भएको नेसनल किड्स अफ द इयर २०१९ को फाइनल प्रतिस्पर्धामा सिनियर तर्फ क्रिस्टिना खड्का र जुनियरतर्फ स्टेला शाह विजेताका रुपमा चयन भएका छन् । दुवै विजेताले आगामी जून महिना सिंगापुरमा संचालन हुने इन्टरनेसनल किड्स अफ द इयर २०१९ मा नेपालको तर्फ प्रतिनिधित्व गर्ने छन् ।
त्रिपरेश्वरस्थित ब्युस्टार इभेन्ट्स भेन्युमा संचालन भएको सो प्रतियोगितामा सिनियर समूहमा याङ्सु श्रेष्ठ र निरञ्जना मानन्धर क्रमश: फस्ट तथा सेकेन्ड रनर अप चयन भए भने जुनियर समूहबाट मिनाल के.सी. र रिव्या तण्डुकार क्रमश: फस्ट तथा सेकेन्ड रनर अप चयन भएका थिए ।
इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेन्मेन्ट प्रा.लि.को आयोजनामा संचालन भएको सो प्रतियोगितामा सहभागिहरु इन्टरनेशल इन्टिच्युट अफ फेशन एन्ड टेक्नोलोजी, आइआईएफटीका विद्यार्थी डिजाइनरहरुले तयार पारेका पहिरनमा प्रस्तुत भएका थिए ।