मामाघरको सपना
नीलो आकाशमा कपासजस्तो ढकमक्क छोपेको सेता बादलले दसैंलाई स्वागत गर्दै थियो । त्यही आकाशमुनि आजाद पन्छी भई आदित्य र असीम छुट्टीको आनन्द लिँदै थिए । रङ्गीबिरङ्गी चङ्गाहरू उसैगरी आकाशमा नृत्य देखाइरहेका थिए ।

नेपालमा पहिलो पटक सिद्धि मिडियाले आयोजना गरेको नेपाल्स चब्बी मोडलको तेस्रो संस्करण सम्पन्न भएको छ । आफू मोटी छु भनेर आफ्नो प्रतिभा प्रस्फुटन गराउन डराइरहेका महिलाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्च उपलब्ध गराउने उद्देश्यले आयोजित नेपाल्स चब्बी मोडल फरक प्रकारको सौन्दर्य प्रतियोगिता भएको आयोजक अमित शाहले बताए ।
उक्त प्रतियोगिताकी निर्णायक मिसेज एसिया प्यासिफिक चन्दा कार्कीले मोटा युवतीहरू पनि मोडल हुन सक्छन् भनेर समाजलाई सहमत गराउन तपाईं के–के गर्नुहुन्छ भन्ने प्रश्नको उत्तर दिँदै यसपटकको मिस चब्बी नेपाल–२०१९ को उपाधि रविना पोखरेलले जितेकी छिन् । कार्यक्रमको बीच–बीचमा एन्एमएस थ्रीका दुई दर्जन मोडलले यो र्याम्पमा ब्राइडल, पार्टी तथा क्याजुअल वेयरहरू प्रस्तुत गरेका थिए ।
विजेताहरू
मिस चब्बी नेपाल
रविना पोखरेल (पब्लिक च्वाइस, वेस्ट र्याम्प तथा बेस्ट स्माइल)
फस्ट रनर अप
जिज्ञासा चतौट (मिस बब्ली तथा मल्टिमिडिया )
सेकेन्ड रनर्सअप
पूनम श्रेष्ठ (बेस्ट स्किन तथा ब्युटी विथ प्रपोज)
बेस्ट ड्रेस
श्रीया रेग्मी
मोस्ट कन्फिडेन्ट तथा मस्ट ट्यालेन्ट
अस्मिता घले
मस्ट चार्मिङ
पुष्पा ज्ञवाली