Successfully Copied

डा. तुमला शाहको लुना सार्वजनिक

सधै व्यस्त भइरहने चिकित्सा पेशामा संलग्न डा. तुमला शाहले बचेको समयको सदुपयोग गर्दै लेखेको लुना (माया अधूरो कि पूरा) जीवनोपन्यास सार्वजनिक भएको छ ।

सधै व्यस्त भइरहने चिकित्सा पेशामा संलग्न डा. तुमला शाहले बचेको समयको सदुपयोग गर्दै लेखेको लुना (माया अधूरो कि पूरा) जीवनोपन्यास सार्वजनिक भएको छ । पुस्तकको लोकार्पण युग शताब्दी पुरुष सत्य मोहन जोशी, लेखक डा. तुमला, प्रिज्म एटभरटाइजिङका रञ्जित आचार्य, महिला अधिकारकर्मी डा. इन्दिरा बस्नेत, मनोविज्ञानविद करुणा वन्त, डा. रेभा श्रेष्ठ, वनमाली प्रसाद लाकौल तथा अरुणा राज्यलक्ष्मी शाहले संयुक्त रुपमा गरेका थिए । 

घोस्ट राइटिङ नेपालले प्रकाशित गरेको पुस्तक जीवनोपन्यास हो । कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले उपन्यासमा धेरै विविधता आएपनि लेखकको जीवनकै भोगाइ पुस्तकमा रहेकाले फरक तथा पाठक आकर्षित हुने कुरा बताउनुभयो । साथै यसलाई अंग्रेजीमा उल्था गरेर विश्वव्यापी बनाउन पनि सुझाव दिएका थिए ।

यसैगरी लुनाले महिलालाई बाँच्न तथा केही गरेर देखाउने मार्गदर्शन दिने रन्जित आचार्यले बताए । लुनाको जस्तै जीवन धेरै नेपालीले भोगेपनि यस्तो पुस्तक साहस गरेर बाहिर ल्याएकोमा लेखकप्रति आभार व्यक्त गरिन्, डा. इन्दिरा बस्नेतले ।

आफूले अत्यन्त जटिल मोडमा भएको अवस्थामा लेखिएको यो कृति भयानक पीडाबाट एक सुन्दर कविता जन्मन्छ भने जस्तै लागेको डा. तुम्लाले बताइन् । पीडादायी जीवनमा लेखेकाले यसले समाजलाई प्रेरणा दिएमा आफू धन्य हुने डा. तुम्लाले बताइन् । 

 Image