‘खाद्यान्न भण्डारण बढाएका छौं’
भान्सालाई सहज बनाउन ‘सबेरै देखि अबेरै सम्म’ भन्ने अभियान चलाइरहेका छौं ।
सुनसरीको इटहरीका बालगायक प्रितम आचार्य भारतको जिटिभीबाट प्रसारण भैरहेको रियालिटी शो सारेगम लिटिल च्याम्सको टप फिप्टिनमा पुग्न सफल भएका छन् । उनी टप ३० वाट टप १५ मा पुगेका हुन् ।
साढे ७ लाख प्रतिस्पर्धीलाई उछिन्दै यो स्थान सुरक्षित गरेका हुन् । ‘प्रितममा धेरै सम्भावना छ, उसले अझ माथि पुगेर इटहरी र देशको नाम राख्नेछ,’ संगीत साधना प्रतिष्ठान इटहरीका महासचिव राजु केसीले भने ।
‘साढे ७ लाखका माझबाट टप १५ पुग्नु नै कठिन कुरा हो, जुन उसले पार गरेको छ, अबका चरणमा प्रत्येक कार्यक्रमबाट एक–एक जना मात्र हट्नेछन्,’ केसीले भने ।