३३ वर्षे यात्रा गाथा
सम्बन्धलाई तरोताजा र फ्रेस राख्न आज पनि यो जोडी घरपरिवार, आमाबुवा, सासू–ससुरा, छोराछोरी कसैलाई थाहै नदिई सुटुक्क यात्रामा त कहिले मुभी हेर्न निस्कन्छ ।
सुनसरीको इटहरीका बालगायक प्रितम आचार्य भारतको जिटिभीबाट प्रसारण भैरहेको रियालिटी शो सारेगम लिटिल च्याम्सको टप फिप्टिनमा पुग्न सफल भएका छन् । उनी टप ३० वाट टप १५ मा पुगेका हुन् ।
साढे ७ लाख प्रतिस्पर्धीलाई उछिन्दै यो स्थान सुरक्षित गरेका हुन् । ‘प्रितममा धेरै सम्भावना छ, उसले अझ माथि पुगेर इटहरी र देशको नाम राख्नेछ,’ संगीत साधना प्रतिष्ठान इटहरीका महासचिव राजु केसीले भने ।
‘साढे ७ लाखका माझबाट टप १५ पुग्नु नै कठिन कुरा हो, जुन उसले पार गरेको छ, अबका चरणमा प्रत्येक कार्यक्रमबाट एक–एक जना मात्र हट्नेछन्,’ केसीले भने ।