‘रंगहरूसित एकदिन’ कार्यक्रम सम्पन्न
आर्ट थेरापीले मानसिक रूपमा तनाव कम हुनुका साथै शरीरमा सकारात्मक सोच आउने कार्यक्रमकी संयोजक कलाकार कृपा श्रेष्ठले बताइन् ।
दार्चुलास्थित व्यास गाउँपालिकाले गाउँपालिकामा स्थापित बर्थिङ सेन्टरमा शिशु जन्माए पुरस्कार दिने भएको छ ।
धौलाकोट बर्थिङ सेन्टरमा प्रसूति गराउन आकर्षण बढोस् भन्ने उद्देश्यले गाउँपालिकाको १० लाख रुपैंयाँ सहयोगमा नयाँ निर्माण गरिएको उक्त सेन्टरमा पहिलोपटक आउनेलाई पाँच हजार, दोस्रो पटक आउनेलाई तीन हजार तथा तेस्रो पटक आउनेलाई दुई हजार रुपैयाँ पुरस्कार दिइने निर्णय गरिएको हो ।
बर्थिङ सेन्टरमा आएर शिशु जन्माउन प्रोत्साहन दिन गाउँपालिकाले यो रकम प्रदान गर्ने निर्णय गरेको हो ।