५० वर्षमा ‘प्लस टू’
सानैदेखि सुन्दै र गम्दै आएकी छु–जीवनमा कहिले हरेस नखानू, कसैले ढुंगा बर्साउँदा पनि फूल बर्साउनू, बैगुनीलाई गुनले मार्नू, दुःखमा नआत्तिनू, सुखमा नमात्तिनू
राजधानीको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा हालै सम्पन्न भएको मिस डिभा नेपाल प्रतियोगिताको दोस्रो संस्करणको उपाधि जित्न सफल भएकी छिन् योजना भट्टराई ।
योजनाले प्रतियोगितामा स्माइल विधाको अवार्ड पनि उचालिन् । यसै प्रतियोगिताको फस्ट रनर अप तर्फ क्याटवाक विधाको अवार्ड सहित सोनाली हमाल र सेकेन्ड रनर तर्फ रिस्ना कटुवाल विजयी बनेका थिए ।
२० जना प्रतिस्पर्धी रहेको सो प्रतियोगिताको आयोजना व्हाइट पर्ल इन्टरटेन्मेन्टले गरेको हो । प्रतियोगिता अन्तर्गतको मुख्य विधामा अलिना विष्ट ट्यालेन्ट, दिक्षा पुन फोटोजेनिक, प्रतिमा देवकोटा पर्सनालिटी, अलिशा तामाङ पपुलर तथा मिरल पाण्डे वेष्ट ड्रेस अवार्ड विजेता तय गरिएका थिए ।