साथी–सहयात्री
परिवार, इष्टमित्र–आफन्त गरी ९५ प्रतिशतले उनीहरूको विवाह अस्वीकार गरेका थिए । तर, विवाहपछि दुवैले थप स्वतन्त्रता महसुस गरेका छन् ।
मोडल तथा अभिनेतृ एलिजा गौतम राजनीतिमा प्रवेश गरेकी छन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले उनलाई पार्टी प्रवेश गराएकी हुन् । पार्टीमा उनको जिम्मेवारी टुंगो लाइसकेको छैन । एलिजाले आफू सेवा भावले राजनीतिमा आएको बताइन् । ॅनागरिक उन्मुक्ति पार्टीको एजेन्डाले मलाई तानेको हो’ उनले भनिन्, ॅलोकतन्त्र र थारु अधिकार बोकेको पार्टीको विचारधारालाई मन परेकाले नै म यो पार्टीमा आबद्ध भएकी हुँ ।’