श्रमिक मेलोनी बनिन् शक्तिशाली
इटालीमा पछिल्लो निर्वाचनमा चरम–दक्षिणपन्थी दलहरूको गठबन्धनले आश्चर्यजनक विजय हासिल गरेपछि त्यहाँकी ४५ वर्षीया महिला नेतृ जोर्जिया मेलोनी चर्चाको शिखरमा छिन् ।
पुषको अन्त्यतीर अधिकांश विद्यालयमा जाडोको बिदा दिइन्छ । त्यसैले यो समयमा विद्यार्थीहरु निकै फुर्सदिला हुन्छन् । घर बिदामा बसेका विद्यार्थीहरु प्राय टिभी तथा मोबाइल स्क्रिनमा आउने कार्टुन हेर्नमै व्यस्त हुन्छन् । साना विद्यार्थीहरुको यस्तो बानीबाट अभिभावकहरु वाक्क दिक्क हुने मात्र होइन शारिरीक तथा मानसिक रुपमा कतिपय बालबालिका निस्क्रिय सम्म बन्ने गर्दछन् ।
त्यसो त विद्यार्थीहरुका लागि मनोरञ्जन लिने स्थानको पनि काठमाडौंमा चरम अभाव नै छ । जाडो बिदामा घरमानै बसेका विद्यार्थीहरुको लागि काठमाडौंको तीनचुली बौद्धमा रहेको टोडलर्स् स्कुलमा विन्टर कार्निभल आयोजना गरियो । टिभीमा मात्र देखिएका चर्चित कार्टुन पात्रहरु मोटु पतलुलाई कार्निभलमा देख्न पाउादा स–साना नानीहरु निकै उत्साहित देखिन्थे ।

मोटु पतलुसंग फोटो खिच्नेहरुको निकै भिड नै लागेको थियो । चर्चित हास्य कलाकारहरु रवि डंगोल, कुमारमणि गजुरेल लगायतले बालबालिकाको अभिनय गर्दै उनीहरुलाई नियमित होमवर्क गर्न, धेरै मोबाइल नचलाउन उत्प्रेरित गरेका थिए । जादुगरको प्रदर्शनमा पनि विद्यार्थी भाइ वहिनीहरु निकै रमाएका थिए । घोडचढीमा धेरै रमाएको पाइयो । जाडो बिदामा कही कतै जान नपाएका बालबालिकाहरुले निर्धक्कसाग नाच्दै गाउंदै भरपूर मनोरञ्जन लिएका थिए । आफ्ना नानीहरुसागै अभिभावकहरुले पनि विविध खेलमा सहभागी हुादै रमाइलो गरेका थिए ।

काठमाडौंको तीनचुली बौद्धमा रहेको टोडलर्स् स्कुलमा सम्मपन्न कार्निभल, जाडो विदामा बसेका विद्यार्थीहरुलाई लक्षित गरी आयोजना गरिएको हो । कार्निभलमा हर्स राइडिङ, फेस पेन्टिङ सहित अन्य विविध रोमाञ्चक खेलमा विद्यार्थी सहित अभिभावकहरु समेत उत्साहपूर्वक सहभागी भए । कार्टुन तथा मस्कटहरुको प्रदर्शनी, म्याजिक शो ले पनि स–साना नानीहरुको ध्यान खिचेंको थियो ।
चर्चित हास्य कलाकारहरु रवि डंगोल, कुमारमणि गजुरेल, वृन्दा खतिवडा लगायतको प्रदर्शन पनि कार्निभलको विशेष आर्कषण रह्यो । विभिन्न प्रतिस्पर्धाहरुमा विजयी भएकाहरुलाई गिफ्ट ह्याम्पर प्रदान गरिएको स्कुलका प्रिन्सिपल सुवास लामाले जानकारी दिए । त्यस्तै फुड स्टलबाट संकलित रकम परोपकारी संस्था कमन इफोर्ट नेपाल मार्फत् गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई निशुल्क स्टेशनरी उपलब्ध गराउन खर्च गरिने लामाले बताए । यसअघि कार्निभलको उद्घाटन गर्दै काठमाडौं महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष दिपेन्द्र लामाले विद्यालयहरुले पठन–पाठनसागै अतिरिक्त क्रियाकलापमा जोड दिनुपर्ने बताए । 
स्कुलका प्रबन्ध निर्देशक गजेन्द्रकुमार लामाले टोर्डलस् स्कुलले गुणस्तरीयतामा कहिल्यै सम्झौता नगर्ने धारणा राखे । एकेडेमीक डाइरेक्टर रञ्जन प्रधानले स्कुलको विविध पक्षबारे जानकारी दिइन् । टोडलर्स् स्कुलमा अनुभवी शिक्षिकाहरुबाट मेन्टेश्वरी विधिमा पारिवारिक वातावरण सहित कक्षा १ सम्म पठन पाठन भइरहेको छ । यस स्कुलमा अत्याधुनिक भवन सहित, खुल्ला खेल मैदान, नजिकै फराकिलो बगैंचा तथा जंगल, सुविधा सम्पन्न ल्याब, किचेन, डाइनिङ हल, पर्याप्त खेल सामाग्री, संगित तथा कम्प्युटर ल्याब, यातायात सेवा, प्रदर्शनी हल सहित अन्य सबै खाले भौतिक पूर्वाधारको राम्रो व्यवस्था छ । सैद्धान्तिक ज्ञान सहित व्यवहारिक शिक्षालाई पनि विशेष महत्व दिादै आएको यो स्कुल सन् २०१२ मा स्थापना भएको हो ।