रंगहरूको पर्व : होली
होली पर्व प्रत्येक वर्ष फागुन शुक्लपूर्णिमाका दिन हर्षोल्लासका साथ मनाइने हिन्दूहरूको प्रमुख चाड हो । होली रंगहरूको पर्व हो । असत्यमाथि सत्यको विजय भएको खुसीमा उल्लासका साथ एक–आपसमा अबिर एवं रंग लगाई यो पर्व मनाइन्छ ।

गत पौष २७ गते शुक्रबार सानेपास्थित हेरिटेज गार्डेनमा पृथक उद्देश्य सहित फेसन शो सम्पन्न भएको छ । क्यान्सर निको हुने रोग हो, उपचारपछि सहज जीवनयापन संभव छ र क्यान्सरको उपचार नेपालमै संभव छ भन्ने सन्देश प्रवाह गर्दै नेपालमै संभवत: पहिलो पटक यस प्रकारको र्याम्प शो प्रस्तुत गरिएको हो ।
क्यान्सर रोगको उपचार पछि जीवन वरदान पाएका करिब दुई दर्जन भन्दा बढी क्यान्सर सर्भाइवरहरुले विभिन्न जनजातिको पहिरनमा र्याम्प शो प्रस्तुति दिएका थिए । ती मध्ये केहीले नृत्य र गायन पनि प्रस्तुत गरेका थिए । र्याम्प शोको कोरियोग्राफी आफैं पनि क्यान्सर सर्भाइवर रहेकी पुराना मोडल एवं कोरियोग्राफर डली गुरुङले गरेकी थिइन् ।
भिआइपी दर्शकदीर्घाको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा हाँस्य अभिनेताद्धय मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, ग्ल्यामर फोटोग्राफर राजभाई सुवाल, अभिनेता आयुष्मान देशराज जोशी लगायतका चिरपरिचित अनुहारहरु पनि र्याम्पमा हिंडेका थिए ।
सुदिप्ता क्यान्सर सरभाइवर र्याम्प शो शीर्षकमा संचालन गरिएको सो कार्यक्रम ललितपुर स्थित हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको सहयोगमा नेपाल क्यान्सर सर्भाइवर ग्रुपको आयोजनामा संचालन भएको थियो ।