५० वर्षमा ‘प्लस टू’
सानैदेखि सुन्दै र गम्दै आएकी छु–जीवनमा कहिले हरेस नखानू, कसैले ढुंगा बर्साउँदा पनि फूल बर्साउनू, बैगुनीलाई गुनले मार्नू, दुःखमा नआत्तिनू, सुखमा नमात्तिनू
सेतो बाघबाट चलचित्रको रंगीन संसारमा प्रवेश गरेकी पूजन आफ्नो दोस्रो चलचित्र कस्मिक एयरको छायांकनमा व्यस्त छिन् । थापा हरेक दिन सगरमाथा टेलिभिजनको लाइभ शोमा भिजेका रूपमा प्रस्तुत हुन्छिन् ।
ब्युटिफुल भन्दा स्मार्ट देखिन रुचाउने थापा आफूूलाई फेसन कन्सस मान्छिन् । उनी इन्टरनेसनल फेसन बजारलाई फलो गर्दै आफूलाई सुहाउने गेटअपमा हिँड्न रुचाउँछिन् । विन्टरमा उनी न्याना एवं स्टाइलिस्ट देखिन पहिरन छनोटमा बढी ध्यान पुर्याउँछिन् । यो समयमा उनी ऊलनका फिटिङ पहिरनमा बढी फोकस हुन्छिन् । थापालाई लङ कोट तथा निलेन्थ बुटमा स्मार्ट फिल हुन्छ । उनी पार्टी, इभेन्टहरूमा कुर्ता, साडी तथा गाउन लगाइरहेकी हुन्छिन् ।
क्याजुअलमा भने वान पिस र जमसुट लगाउँछिन् । कालो र मरुन रंग बढी रूचाउने थापा प्राय:जसो नक्साल तथा बानेश्वरमा सपिङ गर्छिन् । अहिले उनी अनलाइन सपिङबाट पनि धेरै सामान मगाइरहेकी हुन्छिन् । व्यस्त हुनेहरूका लागि अनलाइन सपिङ निकै सजिलो माध्यम भएको उनको अनुभव छ । थापा फेसन डिजाइनर सुनीता श्रेष्ठ तथा प्रेमदेवका पहिरन बढी प्रयोग गरिरहेकी हुन्छिन् ।
उनी आफ्नो छालाप्रति सचेत छिन् । लामो समयदेखि उनी लोटस र हुडाका ब्युटी प्रोडक्ट प्रयोग गरिरहेकी छिन् । उनको ब्यागमा हुडाको फाउन्डेसन तथा मस्कारा सधै हुन्छ । थापाको अनुहारमा कर्ली हेयर सुहाउने भएकाले उनी सकभर हेयर कर्ल गरिरहेकी हुन्छिन् । सधै ह्यान्ड ब्याग बोक्ने थापासँग इयररिङको राम्रै कलेक्सन छ ।
यद्यपि पूजन लाइभ शोमा मात्र पहिरनअनुसारका इयररिङ लगाउँछिन् । उनीसँग विन्टर बुटको पनि रामै्र कलेक्सन छ । केही समययता उनले निधारमा सानो कालो टीका लगाउन थालेकी छिन् । त्यो उनका लागि गुड लकसमेत साबित भएको छ ।