Successfully Copied

हेलो जिन्दगीमा अदिती

बोहोराले यसअघी चलचित्र ‘भैरे’ निर्माण गरेका थिए । लामो समय अमेरिका बसाई पछि नेपाल फर्केर उनले निर्माण तथा निर्देशन गरेको उक्त चलचित्रले नेपाली बक्स अफिसमा भने कुनै जादु गर्न सकेन ।

‘कृ’ बाट नेपाली रजतपटमा देखा परेकी अभिनेत्री अदिती बुढाथोकी एभरेस्ट सुर्य बोहोराको नयाँ चलचित्र ‘हेलो जिन्दगी’मा अनुबन्धित भएकी छिन् । बोहोराको निर्देशन् रहने चलचित्र एभरेस्ट सुर्य बोहोरा फिल्म्सको सहकार्यमा बिरंजना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको हो ।

हाल चलचित्रका लागि बुढाथोकी र निर्माण टिम बिच सम्झौता भइसकेको छ । चलचित्रमा अन्य कलाकार को को रहनेछन् भन्ने बारेमा भने खुलाइएको छ्रन् ।  

बोहोराले यसअघी चलचित्र ‘भैरे’ निर्माण गरेका थिए । लामो समय अमेरिका बसाई पछि नेपाल फर्केर उनले निर्माण तथा निर्देशन गरेको उक्त चलचित्रले नेपाली बक्स अफिसमा भने कुनै जादु गर्न सकेन ।

चलचित्र असफल भए पनि करोड क्लबमा प्रवेश गरेको भन्दै सफलताको केक काटेका बोहोराले यसै चलचित्रबाट केही दिन अगाडि सम्पन्न ‘ग्लोबल नेपाली चलचित्र, सङ्गीत, सञ्चार तथा सामाजिक अवार्ड–२०१८ मा उत्कृष्ट निर्देशकको अवार्ड समेत प्राप्त गरेका थिए । 

 Image