२०७९ साल फागुन महिनाको राशिफल
मेष कसै–कसैको प्रेमसम्बन्धले विवाहको रूप लिनेछ । परिवार, आफन्त एवं मित्रवर्गबाट अपेक्षित सहयोग र सद्भाव पाइनेछ । आर्थिक एवं व्यापारिक दुवै क्षेत्र सफल रहनेछन् ।
मलेसियामा सञ्चालन भैरहेको मिस टुरिजम इन्टरनेसनल–२०१८ मा नेपालकी आस्था साख:ले प्रतिस्पर्धा गरिरहेकी छिन् । प्रतियोगितामा नेपाल लगायत विश्वका ४६ वटा मुलुकका सुन्दरीहरू सहभागी छन् ।
भक्तपुर चुनदेवी निवासी २३ वर्षीया आस्था यसअघि फिलिपिन्सको मनिलामा सम्पन्न ५० औं संस्करणको मिस एसिया प्यासिफिक इन्टरनेसनल–२०१८ मा सहभागी भएकी थिइन् । आस्थाले मिस नेपाल–२०१८ मा मिस कन्फिडेन्टको एवार्ड जितेकी थिइन् ।
एस इन्स्टिच्युट अफ म्यानेज्मेन्टबाट बीबीए पूरा गरेकी आस्था नेपाल पेन्ट्समा प्रबन्ध निर्देशकका रूपमा कार्यरत छिन् । ५ फिट ७ इन्च अग्ली आस्था पौडी, सपिङ तथा बास्केटबलमा रुचि राख्छिन् । मिस टुरिजम इन्टरनेसनल–२०१८ को फाइनल आज शुक्रबार हुँदैछ ।