‘शिल्पाञ्जलि’ प्रदर्शन
काठमाडौंस्थित नेपाल आर्ट काउन्सिलमा हालै सपना खरेलको ‘शिल्पाञ्जलि’ कला प्रदर्शनी भयो । प्रदर्शनीमा उनले जापानी शैलीअनुसार पुष्प सजावट गर्ने कला प्रस्तुत गरिन् । प्रदर्शनीमा‘ओसिबाना’ र ‘चिगिरी–ई’ अन्तर्गतका कला राखिएको थियो ।
अभिनेत्री वर्षा राउत सम्मानित भएकी छिन् । एस.एस इभेन्ट्सले आफ्नो ५ औँ बार्षिक उत्सबको अवसर पारेर राजधानीमा एक कार्यक्रमका बिच उनलाई सम्मान गरेको हो । ‘सेलिब्रेटी गेस्ट अफ अनर’को रुपमा कार्यक्रममा उपस्थित भएकी राउतलाई नेपाली चलचित्र क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो ।
एस.एस इभेन्ट्सका कार्यक्रम निर्देशक प्रविन जोशीले आफुहरु खेलकुदको क्षेत्रमा सकृय भएता पनि नेपाली फिल्म क्षेत्रबाट टाढा नरहेको र आगामी दिनमा नेपाली कलाकारहरुलाई समेटेर केही कार्यक्रम गर्ने योजनामा रहेको बताए । ‘त्यसको सुरुवात बर्षा राउतलाई सम्मान गरेर गरेका छौँ’, उनले भने ।
सम्मानित अभिनेत्री राउतले खेलकुदा सकृय संस्थाले कलाकारहरुको योगदानको कदर गर्दै आफुलाई सम्मान गरेकोमा एस एस इभेन्ट्स प्रती कृतज्ञ रहेको बताइन् । राउतले हरेक बर्ष कर्पोरेट क्रिकेट टुर्नामेन्टको आयोजना गर्दै आएको एस.एस इभेन्ट्सलाई आगामी दिनमा कलाकारिता क्षेत्रमा पनि केही गर्न अनुरोध समेत गरिन् ।