मातृत्वले जन्माएको उद्यम
५० हजार लगानीमा दुई जनाबाट सुरु भएको उनको यात्रा आज विस्तार हुँदै करिब दुई दर्जन कर्मचारीलाई प्रत्यक्ष रोजगारी दिने अवस्थामा पुगेको छ ।
मलेसियामा सम्पन्न इन्टरनेसनल इपो फेसन विक सिजन–२ मा नेपालबाट युवा फेसन डिजाइनर तथा मोडल प्रेम देवले मिथिला कल्चरलाई मोर्डन थिम दिएर तयार पारेका पहिरन प्रदर्शन गरेका छन् । तीन दिन चलेको उक्त फेसन विकमा नेपालसहित अमेरिका, भारत, मलेसिया, भियतनाम, फिलिन्स आदि देशका फेसन डिजाइनरहरू सहभागी थिए ।
मिथिला कल्चर झल्कने गरी डिजाइन गरिएका देवका १२ वटा पहिरन फेसन शोमा प्रदर्शन गरिएका थिए । मलेसियामा सञ्चालित उक्त विकको मुख्य उद्देश्य मलेसियाको एक हस्पिटललाई सहयोग गर्नु थियो । उक्त कार्यक्रममा सहभागिता जनाउन फेसन महासंघ, नेपालले देवको छनौट गरेको हो ।