मिटरब्याजीको दुःख
मिटरब्याजी साहूबाट उन्मुक्ति पाउनुपर्ने भन्दै पूर्वको झापा र पश्चिम कञ्चनपुरदेखि पैदल हिँडेर २३औं दिन उपत्यका प्रवेश गरेका मिटर ब्याज पीडितहरूको न्याय मार्च ४२ औं दिन पुग्दासम्म पनि जारी छ । अधिकांश पीडित महिला छन् ।
कास्कीको भण्डारढिकमा आयोजित पहिलो संस्करणको आदर्श महोत्सवको मुख्य आकर्षणका रूपमा रहेको विद्यालयस्तरीय आदर्श डान्स आइडलको उपाधि सत्यसाई विद्याश्रम बोर्डिङ स्कुल नदीपुरकी प्रतिभा गुरुङले जितेकी छिन् ।
उक्त अवसरमा फाइनलमा पुगेका ७ जना प्रतिस्पर्धीमध्ये युनिभर्स बोर्डिङ स्कुल, पोखरा–३२ की कृतिका बोहोरा फस्ट रनर्सअप तथा डायमन्ड मोडल बोर्डिङ स्कुलकी मेरेजीन गुरुङ सेकेन्ड रनर्सअप घोषित भएका थिए ।
महोत्सवमा आयोजित रत्यौली गीत प्रतियोगितामा शान्ति प्रेमी आमा समूह लेखनाथ–२६ प्रथम भयो भने बाग्लुङ आमा समूह सैनिक बस्तीले द्वितीय तथा लगनशील महिला समूह आदर्श टोलले तृतीय स्थान प्राप्त गरे । यता नमुना कृषक आमा समूहले उत्कृट गायनको पुरस्कार जित्यो ।