हिमालयन आर्ट फेस्टिभलमा ८० कलाकारका सिर्जना
बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा हिमालयन आर्ट फेस्टिभलको आज अन्तिम दिन हो । आर्ट फेस्टिभल सात दिनसम्म चलेको थियो । फेस्टिभलमा ८० भन्दा बढी कलाकारको १ सय भन्दा बढी सिर्जना राखिएको थियो ।
धेरै समय नृत्य गरेर विश्व रेकर्ड कायम गर्न धनकुटाकी बन्दना नेपाल सफल भएकी छिन् । उनले लगातार ५ दिन भन्दा वढी अर्थात १२६ घण्टा नृत्य गरेर विश्व रेकर्ड राखेकी हुन् । १७ बर्षिय नेपाल यही मंसिर ७ गते ९ बजे देखि काठमाडौस्थित विग फूडल्याण्डमा नृत्य गरिरहेकी थिइन् ।
बाल्यकालदेखि नै नाच्न रुचाउने बन्दनाले भारतबाट समेत नृत्य प्रशिक्षण लिइसकेकी छिन् । हाल उनी चेल्सी इन्टरनेशनल कलेजमा दश जोड दुईमा अध्ययनरत छिन् । नेपालको कला सास्कृतिलाई विश्वसामु चिनाउन बन्दनाले सबैभन्दा लामो समय नृत्य गरेर विश्व रेकर्ड राखेको बन्दना नेपाल फाउण्डेसनका संयोजक सन्तोष लामाले बताए ।
भारतस्थित केरालाकी कला मण्डलम हेमलथाले १२३ घण्टा १६ मिनेट नृत्य गरेर राखेको विश्व रेकर्ड बन्दनाले बुधबार तोडेर आफ्नो नाममा उक्त रेकर्ड दर्ता गराएकी हुन् ।