बहुप्रतिभाशाली इन्दिरा
नेपाली सांगीतिक क्षेत्रमा फरक पहिचान बनाएकी इन्दिरा जोशीले तीन सयभन्दा बढी गीतमा स्वर दिइसकेकी छन् । १२ वर्षअघि ‘डान्स विथ मी सोलो एल्बम’ निकालेयता उनलाई पछाडि फर्केर हेर्न परेको छैन ।
लैङ्गिकताका आधारमा समाजमा महिलामाथि हुँदै आएका दुव्र्यवहारका घटनाप्रति पुरुषहरुको पनि ध्यानाकर्षन हुन थालेको छ । समाज र चेतनाको स्तर बृद्धि सँगै पुरुषहरुले पनि विभिन्न खाले महिला हिंसाका विरुद्धमा आवाज उठाउन थालेका छन् । यहि क्रममा हेटौंडाका पुरुषहरुले महिला हिंसा विरुद्धको अभियानमा हस्ताक्षरनै गरेर प्रतिबद्धता जनाएका छन् ।
जारी लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा ‘लैङ्गिक हिंसा र दुव्र्यवहार छैन हामीलाई स्वीकार’ भन्ने नाराकासाथ हेटौडामा पुरुषहरुले हस्ताक्षर कार्यक्रम गरेका हुन् ।

लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तरगत ‘मेरो प्रतिबद्धता म लैङ्गिक हिंसा गर्दिन’ भन्ने वाक्य लेखिएको ब्यानरमा मेन ईंगेज एलाएन्सका तर्फबाट एलायन्सका केन्द्रिय सल्लाहकार प्रकाश खतिवडाले हस्ताक्षर गरेर कार्यक्रमको सुरुआत गरेका थिए ।