‘स्वस्थ रहन शरीर सन्तुलन हुनु जरुरी’
खाना र स्वास्थ्य एक–अर्काका परिपूरक हुन् । हामीले जस्तो खाना खान्छौं, हाम्रो स्वास्थ्य त्यस्तै हुन्छ । तसर्थ शारीरिक र मानसिक स्वास्थ्यका लागि स्वस्थ खाना एकदमै जरुरी हुन्छ ।
महिला पत्रकार लोग्शरी कुँवर यस वर्षको ‘एनपीस अवार्ड’ जित्न सफल भएकी छिन् । महिला खबर डटकमकी सम्पादक समेत रहेकी कुँवरले एनपीस अवार्डको ‘अनटोल्ड स्टोरी’ (नभनिएको कथा) अवार्ड जितेको यूएनडीपीको एनपीस नेटवर्कले जनाएको छ ।
१५ वर्षदेखि पत्रकारितामा सक्रिय कुँवरका साथमा यो अवार्डका लागि नेपालबाट ४ जना मनोनित भएका थिए । एनपीस नेटवर्कले दिगो शान्ति स्थापना र विभेदरहित समाज निर्माणका लागि सकारात्मक भूमिका निर्वाह गरेको भन्दै कुँवरलाई अवार्ड दिने निर्णय गरेको वेवसाइटमा उल्लेख गरेको छ ।
कुँवर लैंगिक हिंसा, कुरीति, अन्धविश्वास विरुद्ध सशक्त कलम चलाउँदै आएकी छन् । २०६० सालमा कैलाली जिल्लाको धनगढीबाट प्रकाशित हुने हाम्रो सेती साप्ताहिकको समाचारदाताबाट पत्रकारिता शुरु गरेकी कुँवर सामाजिक अभियन्ताको रुपमा समेत परिचित छन् ।
२०६४ सालदेखि धनगढीबाट मर्निङ् बेल नेपाली दैनिक पत्रिकाको प्रकाशन सम्पादन गर्दै आएकी उनी एक वर्षदेखि महिला खबर अनलाइनको सम्पादकका रुपमा कार्यरत छन् ।