‘डग सो’ को रौनक
ललितपुरको जावलाखेलस्थित खेल मैदानमा १३ औं ‘ग्रान्ड डग सो’ आयोजना भएको थियो । हरेक वर्ष आयोजना हुने यस सोमा विभिन्न जातका कुकुरको प्रदर्शनी गरिएको थियो ।
थाइल्यान्डमा सम्पन्न मिसेज एसिया इन्टरनेसनल–२०१८ मा नेपालकी परिकल्पना राईले बेस्ट पर्फमेन्स एवार्ड जितेकी छिन् ।
४० वर्षभन्दा मुनि र ४० वर्षभन्दा माथिका विवाहित महिलाहरूको दुई उमेर समूहमा गराइएको उक्त प्रतिस्पर्धामा परिकल्पना समग्र सहभागीहरूमा बेस्ट पर्फमेन्स विजेता छनौट भएकी हुन् ।
प्रतियोगिताअन्तर्गत परिकल्पनाले ४० वर्षमाथिका विवाहित महिलाहरूको उमेर समूहबाट प्रतिस्पर्धा गरेकी थिइन् ।