मेडिया ल्यान्डको ब्यानरमा सम्पन्न नवौं संस्करणको चाइल्ड आइकन प्रतिस्पर्धामा युरो स्कुल अध्ययनरत छात्रा सुएलेन फगामी पुनले बिजेताको ताज पहिरिन सफल भएकी छिन् । उपाधि संगै उनले नगद पुरस्कार एक लाख र ५ दिनका लागि सिक्किम, दार्जिलिङ भ्रमणको उपहार प्राप्त गरेकी छिन् ।
प्रतियोगितामा जुनीयर उमेर समूहमा आर्जन गेलाल फस्ट रनर अप तथा आयुशीश्री घिमिरे सेकेन्ड रनर अप चयन भएका छन् । सिनीयर उमेर समूह तर्फ भने साइन अमगाइ फस्ट रनर अप तथा आयुस खनाल सेकेन्ड रनर अप छनौट भएका छन् ।
प्रतियोगिताका लागि ओलम्पियन तथा तेक्वान्दो खेलाडी दिपक बिष्ट, सशस्त्र प्रहरी बलका प्रहरी उपरिक्षक सुरेश गैरे, कलाकारद्वय गजित बिष्ट र संयोग कोइराला, कोरियोग्राफरद्वय जयन सुब्बा मानन्धर र रोजिन शाक्य, मिसेस् हेरिटेज इन्टरनेसनल विजेता रजनी थापा, ब्युटिसियन सिता पाठक तथा डिजाइनर शोभा महर्जन निर्णायकका भूमिकामा थिए । प्रतियोगिता जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा सम्पन्न गरिएको थियो ।